४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.33

Wind: 3.09

Humidity: 68

Latest
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते रास्वपा केन्द्रीय समिति बैठक जारी स्वास्थ्य मन्त्रालयले भन्यो–औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश छैन, यो किराना पसलबाट सामान किनेजस्तो होइन कामपाले हटायो कवाडी सङ्कलन केन्द्र वैदेशिक रोजगार ऐन संशोधनका लागि कार्यदलले काम थालिसक्यो, आउँदो अधिवेशनमा पास हुन्छः मन्त्री भण्डारी चर्चित फुटबलर रोबर्टो कार्लोस भोलि नेपाल आउँदै प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीका नाममा रोजगार कार्यक्रमः कार्यान्वयनको अवस्था बेहाल कोरलामा व्यापारिक चहलपहल बढ्यो ‘बिना तयारी भारु विनिमयदर प्रणाली बजारलाई छोड्दा राजनीतिक, सामाजिक र आर्थिक संकट निम्तिन्छ’ नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउन खोजिँदैछ, त्यो स्वीकार्य छैनः प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीयः राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय ५औँ जन्मजयन्तीमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रकवि घिमिरेको योगदानको चर्चा गर्नुभएको हो ।

“राष्ट्रकवि घिमिरेका साहित्यिक सृजना हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाई, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र नभई राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ, यसले भाषा, साहित्य मात्र नभएर समग्र वाङ्मयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

कला, भाषा, साहित्य र संस्कृति सभ्य तथा सुसंस्कृत समाजको परिचायक भएको धारणा उहाँले व्यक्त गर्नुभयो । “यसैका माध्यमबाट एउटा समृद्ध समाज निर्माण मात्र होइन आपसमा भाइचारा, मेलमिलाप र राष्ट्रिय एकताको भावना जागृत गरी यसलाई सुदृढ र सबल बनाउन योगदान पुग्दछ भन्ने मलाई लाग्दछ, त्यसैले, राज्यले मात्र होइन जनस्तर र वाङमयप्रेमीले स्रस्टाको सम्मानमा कन्जुस्याँइ गर्न हुँदैन,” उहाँले भन्नुभयो ।

भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव, पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको उहाँले बताउनुभयो । “यिनको संरक्षण, सम्वर्द्धन र विकास गर्नु हामी सबैको कर्तव्य हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले लमजुङको भाषा, कला, साहित्य, संस्कृति, शिक्षासहित मुलुकको वाङ्मयकै विकासका लागि देखाएको क्रियाशीलता र जागरुकता अनुकरणीय भएको उहाँको भनाइ थियो । राष्ट्रकविको जन्मजिल्ला लमजुङमा उहाँको प्रतिमा बनाएर राष्ट्रकविको विहङ्गम व्यक्तित्व र कृतित्वलाई चिरस्थायी बनाउन भइरहेको प्रयासले छिट्टै सार्थकता पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेलले यस वर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्नुभयो । सो पुरस्कारको राशि रु एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।