२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । स्रोतका अनुसार उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

रास्वपा कार्यालयमा भीड जम्मा भइरहेको अवस्थानमा १४ जना शीर्ष नेता भने चीन भ्रमणमा छन् ।

जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई जरुरी पक्राउ पुर्जी जारी भइसकेको छ । त्यसअघि नै रास्वपाका १४ जना नेताहरू चीन पुगिसकेका छन् ।

सभापतिको पक्राउबारे सूचना आइरहँदा उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाका १४ जना शनिबार चीन पुगेका हुन् ।

वाग्लेको नेतृत्वमा रहेको १४ सदस्यीय टोली शनिबार मध्यराति पौने १२ बजे चाइना साउदर्न एयरलाइन्सको उडान नम्बर सीजेड ३०६८ मा ग्वाङ्चौ गएको हो ।

चीन जानेहरूमा पार्टी प्रवक्ता मनिष झा, पार्टीकी कोषाध्यक्ष लीमा अधिकारी, सांसद शिशिर, खनाल, गणेश पराजुली, अशीम शाह, शिव नेपाली, डा. तोसिमा कार्की छन् ।

त्यसैगरी केन्द्रीय सदस्यहरू बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु राजा श्रेष्ठ पनि चीन यात्रामा छन् ।

लामिछानेका भरोसाका रुपमा रहँदै आएका उपसभापति वाग्ले पनि चीनमा रहनु र सहकारी प्रकरणमा छानबिन समिति सदस्य शिशिर खनाल पनि चीन भएपछि रास्वपालाई अहिलेको अवस्थामा सकस परेको छ ।