१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाध्यक्ष सुवेदीद्वारा भलिबल, नेटसहित खेल सामग्री हस्तान्तरण



अ+ अ-

काठमाडौं । नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका–४ स्थित फाइभस्टार क्लबलाई भलिबल, नेटलगायतका खेल सामग्री हस्तान्तरण गर्नुभएको छ ।फाइभस्टार क्लबका अध्यक्ष किरण केसीलाई शनिबार आयोजित कार्यक्रममा उपाध्यक्ष सुवेदीले खेल सामग्री हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, यज्ञडोल (जगडोल) शहीद पार्क वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देल, फाइभस्टार क्लबका अध्यक्ष  केसी, वडा सदस्य जयराम महतलगायतका वक्ताले सुवेदीको सहयोगले भलिबलप्रेमीमा उत्साह थपेको बताउनुभयो । कोरोनाबाट बच्न भलिबललगायत खेललाई दैनिक जीवनशैलीका रूपमा विकास गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभएको थियो ।

सङ्घका उपाध्यक्ष सुवेदीले भलिबल खेलको रुचि तथा विकासमा लाग्ने जोकोहीलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँ लायन्स क्लब इन्टरनेशनलका पूर्वडिस्ट्रिक्ट गभर्नरसमेत हुनुहुन्छ । सुवेदी समाजसेवा, मानवअधिकार संरक्षण, शिक्षा तथा साहित्य क्षेत्रमा पनि दुई दशकअघिदेखि निरन्तर क्रियाशील रहँदै आउनुभएको छ ।