१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर



अ+ अ-

काठमाडौँ, ३ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौँको दरबारर्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुुभएको छ ।

नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुुग्नुुभएको हो ।

हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजजमा प्रधानमन्त्री ओली पुुग्दा सहभागीहरुले तालीको गडगडाहटबाट स्वागत गरेका थिए ।

सुुमधुर साँझमा कलाकारहरुको प्रस्तुतीका बीच प्रधानमन्त्री ओलीले संक्षिप्त शुुभकामना दिँदै ‘हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौँ । अत्यन्त उल्लासका साथ कार्यक्रम भइरहेको छ । दिवसलाई भव्य ढङ्गले मनाउन आग्रह गर्छु । इन्जेय गर्नुस् । धेरै धेरै धन्यवाद ।’’ भन्नुुभएको थियो । उक्त कन्सर्ट आज दिउँसो ४ बजेदेखि सञ्चालित छ ।