२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टर सिटीमाथि लिभरपुलको शानदार जित



अ+ अ-

लन्डन । आइतबार राति इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीमाथि ३–० को शान्दार जित निकालेको छ ।

यससँगै लिभरपुलले घरेलु मैदान एनफिल्डमा लिगको अपराजित खेल संख्यालाई कीर्तिमान ६४ पुर्‍याएको हो । जोनी इभान्सको आत्मघाती गोलपछि लिभरपुलका लागि डिएगो जोटाले दोस्रो गोल गरे ।

एनफिल्डमा आफूले खेलेका सबै चार खेलमा जोटाले गोल गरेका छन् । योर्गन क्लोपका लागि रोबर्टो फिरमिनोले तेस्रो गोल गरे र पूर्व लिभरपुल प्रशिक्षक ब्रेन्डन रोजर्सको लेस्टरले कुनै जवाफ फर्काउन सकेन् । यो जितपछि डिफेन्डिङ च्याम्पियन लिभरपुलको २० अंक भएको छ ।

यो शीर्ष स्थानमा रहेको टोटनहमसँग बराबरीको अंक हो । लेस्टर भने १८ अंकमा चौथो स्थानमा रह्यो ।

चेल्सी समान १८ अंकमा तेस्रो स्थानमा छ । चोट र कोभिड–१९ को संक्रमणका कारण लिभरपुलले आफ्ना केही प्रमुख खेलाडी गुमाएर पनि यो उत्कृष्ट जित निकालेको हो ।