१६ भाद्र २०८३, मंगलवार
,
Latest
अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरोध गर्ने/नगर्नेबारे माओवादीले संसदीय दलको बैठकमा छलफल गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले संसद अवरोध जारी राख्ने भएको छ ।

आईतवार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलमा पनि बैठक निस्कर्षमा पुग्न नसकेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरु छलफलकै क्रममा रहेको र पार्टीको संसदीय दलको बैठकमा सभामुखसँग भएको छलफलबारे कुरा राख्ने बताउनु भयो । उहाँले संसदमा भदौ १२ गते नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले बोल्नुभएको हिंसा शब्दमा मात्रै नभइ मग्र जनयुद्धको भावमा प्रहार भएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी छलफलकै क्रममा छौँ, माओवादी केन्द्रले जुन विषयवस्तु उठाइरहेको छ, खालि शब्दमा मात्रै कुरा होइन, समग्र जनयुद्धको भाव, त्यहाँ व्यक्त भएका विषयवस्तुसँग यो सम्बन्धित छ । त्यसकारण हाम्रो दलले अवरोध जारी गर्ने निर्णय गरेको छ ।

फेरि पनि संसद व्यवस्थित बनाउनुपर्छ भन्नेकुरा यहाँ भएको छ । यहाँ भएको विषयवस्तु आफ्नो दलमा लगेर राख्दिन्छु । यतिन्जेलसम्म दलले जुन निर्णय गरेको छ, त्यसैअनुसार लैजानेछौँ । केही समय छलफल गर्नुस् न त भनेर सम्माननीयज्युले निर्देश गरिसकेपछि यहाँ छलफल भएको विषयवस्तु आफ्नो दलमा लैजान्छु ।’

प्रमुख सचेतक पाण्डेले आफूहरु अहिले छलफलकै क्रममा रहेको बताउनु भयो ।




भर्खरै