२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरोध गर्ने/नगर्नेबारे माओवादीले संसदीय दलको बैठकमा छलफल गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले संसद अवरोध जारी राख्ने भएको छ ।

आईतवार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलमा पनि बैठक निस्कर्षमा पुग्न नसकेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरु छलफलकै क्रममा रहेको र पार्टीको संसदीय दलको बैठकमा सभामुखसँग भएको छलफलबारे कुरा राख्ने बताउनु भयो । उहाँले संसदमा भदौ १२ गते नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले बोल्नुभएको हिंसा शब्दमा मात्रै नभइ मग्र जनयुद्धको भावमा प्रहार भएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी छलफलकै क्रममा छौँ, माओवादी केन्द्रले जुन विषयवस्तु उठाइरहेको छ, खालि शब्दमा मात्रै कुरा होइन, समग्र जनयुद्धको भाव, त्यहाँ व्यक्त भएका विषयवस्तुसँग यो सम्बन्धित छ । त्यसकारण हाम्रो दलले अवरोध जारी गर्ने निर्णय गरेको छ ।

फेरि पनि संसद व्यवस्थित बनाउनुपर्छ भन्नेकुरा यहाँ भएको छ । यहाँ भएको विषयवस्तु आफ्नो दलमा लगेर राख्दिन्छु । यतिन्जेलसम्म दलले जुन निर्णय गरेको छ, त्यसैअनुसार लैजानेछौँ । केही समय छलफल गर्नुस् न त भनेर सम्माननीयज्युले निर्देश गरिसकेपछि यहाँ छलफल भएको विषयवस्तु आफ्नो दलमा लैजान्छु ।’

प्रमुख सचेतक पाण्डेले आफूहरु अहिले छलफलकै क्रममा रहेको बताउनु भयो ।