१६ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा



अ+ अ-

काठमाडौँ। चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) काउन्टीमा रहेको केरुङ नाका जोड्ने राष्ट्रिय राजमार्गको अन्तिम खण्ड पुनः सञ्चालनका लागि उद्धारकर्ताहरूले मर्मत कार्यलाई तिब्र पारेका छन् ।

अवरुद्ध सडकको मर्मत कार्य सम्पन्न भई नाकाभन्दा १ किलोमिटरभन्दा कमको दुरीमा पुगेको छ । गत अगस्ट २६ मा आएको भीषण पहिरोका कारण लेदो र ढुङ्गा थुप्रिएर यो राजमार्ग गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो । मर्मत कार्य भइरहेको भौगोलिक क्षेत्र निकै कठिन मानिएको छ । भिरालो पहाडी खोँचमा अवस्थित उक्त स्थानको एकातर्फ अग्लो भीर र अर्कोतर्फ प्रतिसेकेन्ड ६ देखि ७ मिटरको गतिमा बग्ने तिब्र बहावको नदी रहेको छ ।

भौगोलिक जटिलताका कारण ठूला मेसिनरी उपकरणहरू प्रयोग गर्न पर्याप्त स्थान नभएपछि उद्धारकर्ताहरूले पालैपालो (रिले) काम गरिरहेका छन् ।

ठूला ढुङ्गाहरूको प्रयोग गरी सडकको जग मजबुत बनाउँदै नदीको तीव्र बहावका बीच सबैभन्दा कठिन खण्डहरूमा मर्मत कार्य जारी राखेका छन् ।

कार्यस्थलको सुरक्षाका लागि अत्याधुनिक प्रविधिको समेत प्रयोग गरिएको छ । लेजरमा आधारित एआई मोनिटरिङ उपकरण, स्लोप राडार र ड्रोनमार्फत भिरालो जमिनको अवस्थालाई २४सै घण्टा निगरानी भइरहेको छ । यी उपकरणहरूले जमिनमा आउने सामान्य परिवर्तनलाई पनि तत्कालै पहिचान गरी सम्भावित जोखिमबारे पूर्वजानकारी दिने गर्दछन् ।

यो व्यापारिक मार्ग पुनः सञ्चालनमा आएसँगै विपद्ग्रस्त क्षेत्रमा आवश्यक उपकरण, जनशक्ति र राहत सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल