२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी र चेल्सीको जित, लिभरपुल पराजित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई २–१ गोलले पराजित गरेको हो । घरेलु मैदान इतिहाडमा सिटीले पहिलो मिनेटमा नै गोल खाएको थियो । योआने वीसाले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, १९ औं र ३२ औं मिनेटमा एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई जित दिलाए । सिटीको यो लगातार चौंथो जित हो । टोली ४ खेलबाट १२ अंकका साथ शीर्षस्थानमा छ । ब्रेन्टफोर्ड ६ अंकका साथ नवौं स्थानमा छ ।

यस्तै, अर्को खेलमा चेल्सीले बर्नमाउथलाई हरायो । चेल्सीको जितमा क्रिस्टोफर एन्कुन्कुले निर्णायक गोल गरे । उनले खेल सकिनै लाग्दा ८६ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन् । ४ खेलबाट ७ अंक जोडेको चेल्सी सातौं स्थानमा रहँदा बर्नमाउथ ५ अंकका साथ ११ औं स्थानमा छ ।

यता, लिभरपुलले भने हार ब्यहोरेको छ । लिभरपुल आफ्नै घरेलु मैदानमा नटिङहम फरेस्टसँग १–० गोलले स्तब्ध बनेको हो । नटिङहमलाई जित दिलाउन एकमात्र निर्णायक गोल कालुम हड्सन ओडोइले गरे । ४ खेलबाट ९ अंकसहित लिभरपुल तालिकाको दोस्रो स्थानमा छ भने नटिङहम ८ अंकका साथ पाँचौं स्थानमा छ ।