१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोश्रो आईओएफटीसी अनलाइन भिडियो पुम्से च्याम्पियनसिप हुने



अ+ अ-

काठमाडौं । इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा दोश्रो आईओएफटीसी अनलाइन भिडियो पुम्से च्याम्पियनसिप हुने भएको छ । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले आफ्नो २० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा ब्ल्याक वेल्ट र कलर वेल्ट गरी जम्मा ५० स्पर्धामा प्रतिस्पर्धा हुने आईओएफटीसीका निर्देशक दिवाकर महर्जनले जनाएका छन् । ब्ल्याक वेल्टमा पुरुष/महिलामा समान ११–११ स्पर्धामा खेल हुनेछ । कलर वेल्टतर्फ पुरुष/महिलामा समान १४–१४ स्पर्धा समावेश छन् । डिसेम्बर १५ देखि २५ तारिखसम्म बढीमा ९० मिनेट सम्मको श्रब्यदृष्य पठाउनु पर्ने जनाएको छ । नतिजा ३१ डिसेम्बरमा सार्वजनिक गरिने आयोजकले बताएको छ । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही १ सय ५० अमेरिकी डलरबाट पुरस्कृत गरिने छ ।

नेपाली खेलाडीको सहभागितामा सहजीकरण गर्ने हेतुले रामचन्द्र ब्यन्जनकारको संयोजकत्वमा ५ सदस्यीय आईओएफटीसी हेल्प डेस्क टिम नेपाल गठन गरिएको छ । टिमका सदस्यहरुमा रजिन सिंह, अर्जुन महर्जन, निरोज गौतम र नमिका मोक्तान रहेका छन् । प्रतियोगिताको पहिलो संस्करण गत जुनमा भएको थियो । त्यत्ति बेला २८ राष्ट्रका ४ सय २७ खेलाडीले सहभागिता जनाएका थिए । कोरोना भाइरसको जोखिमका कारण खेलमा फर्कन नपाइरहेको अवस्थामा प्रतियोगिताले खेलाडीलाई थारै भएपनि राहत दिने निर्देशक महर्जनले बताए ।