३ आश्विन २०८१, बिहीबार
,
Latest
दुर्घटना हुँदा दुईजनाको मृत्यु प्रयोगविहीन भयो झोलुङ्गे पुल कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ सुनको मूल्य तोलामा आठ सयले घट्यो अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज नेपालीले चाहेका छैनन्ः प्रधानमन्त्री पहिचानका पाँच आधार र सामर्थ्यका चार आधारको भरमा दश प्रदेशको संरचना बनाउनुपर्छः डा. बाबुराम भट्टराई टुँडिखेलमा यसरी मनाईयो संविधान दिवस (फोटोफिचर) काम गरेर देखाउने बाहेकको एजेण्डा छैनः प्रधानमन्त्री ओटावामा नेपाल‐ क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता सम्पन्न सङ्घीयता कार्यान्वयनले यसवर्ष नयाँ उचाई र गति लिनेछ: मुख्यमन्त्री कार्की
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक दोस्रो संविधानसभाबाट संविधान जारी गर्नमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

सभाका अध्यक्ष एवं नेकपा (एमाले)का तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसमा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयजित स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले दिवंगत नेम्वाङ लोकतन्त्रको साँचो अनुयायी भएको बताउनुभयो ।

दोस्रो संविधान सभा असफल हुन नदिन र संविधान जारी गर्नमा संविधान सभाका अध्यक्ष नेम्वाङको अत्यन्त महत्वपूर्ण र सकारात्मक भूमिका रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले नेम्वाङले पदीय रूपमा मात्र नभई वैचारिक रूपमा पनि संविधान सभाको अध्यक्षता गर्नुभएको कुरा सधै देशको सम्झना भइरहने बताउनुभयो ।

उहाँले भन्नुभयो–” नेम्वाङ योग्य कानुनविद्, संविधानविद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो । उहाँको निधनबाट परिवार र हाम्रो पार्टीलाई असाधारण क्षति पुगेको छ नै, देशले जनपक्षीय र देशभक्त व्यक्तित्व गुमाएको छ ।”

अध्यक्ष ओलीले नेम्वाङको नाममा पार्टीले केन्द्रीय प्रतिष्ठान स्थापना गर्ने घोषणा गर्नुभयो । उहाँले नेपालको परिवर्तनमा योगदान गर्नुभएका नेताहरूका नाममा स्थापना भएका र गरिने यस्ता प्रतिष्ठान ती नेताहरूका विचार, आदर्श, उनीहरूले अँगालेको बाटो, व्यवहार र आचरण अनुरुप चलाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेम्वाङले देखाउनुभएको आदर्श र उद्देश्य साकार पार्ने प्रण गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।