७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहबाट तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बधाई



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई  बधाई दिनुभएको छ ।

पूर्वराजको सम्वाद सचिव पणिराज पाठकले शुभकामना सन्देश जारी गरेर कास्य पदक पलेशालाई बधाई दिनु भएको हो ।

शुभकामना सन्देशमा भनिएको छ – देशले विभिन्न चुनौतिहरुको सामना गरिरहनु परेको वर्तमान समयमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले अनेकौं प्रतिकुलताका बावजूत जुन सफलता हासिल गरेकी छिन यसले नेपाली खेलकुद इतिहास मै ठूलो सफलता प्राप्त गरेको छ भने नेपालको राष्ट्रिय गौरब बढाएको हामीले महशुस गरेका छौं । अन्तर्राष्ट्रिय खेलकुदमा ऐतिहासिक र पहिलो ठूलो पदक जित्न सफल भएकोमा पारा तेक्वान्दोकी पलेशा गोवर्धन सहित तेक्वान्दो एसोशियसन र तेक्वान्दो टीमलाई यो सफलताको लागि हार्दिक बधाई तथा शुभकामना ।’

पेरिसस्थित ग्राण्ड प्यालेसमा भएको पारा ओलम्पिकमा तेक्वान्दोकी गोवर्धनले कांस्य पदक जितेर ६० वर्षपछि ओलम्पिक इतिहासमा नेपालको लागि पहिलो पदक प्राप्त गर्नुभएको थियो ।