२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्ययनका लागि बेलायत पुगेकी नेपाली छात्रा विनिता चौलागाईंको शव फेला



अ+ अ-

काठमाडौं । अध्ययनको शिलशिलामा बेलायतको बर्मिङ्घममा बस्दै आएकी नेपाली छात्रा विनिता चौलागाईको शव फेला परेको छ । विनिताले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि पुष्टि भइसकेको छैन । उनको मृत्युको आधिकारिक रिपोर्ट आउन भने बाँकी छ ।

विदेशमा पुगेका नेपाली विद्यार्थीहरुमा मानसिक तनाव बढी देखिन्छ । यस्ता खबरहरु सार्वजनिक भइरहेका बेला बेलायतमा नेपाली छात्राको शव फेला परेको हो । मानसिक तनावकै कारण कयौं नेपाली विद्यार्थी गलत बाटोमा गइरहेको समेत देखिएको छ ।

नेपाली विद्यार्थीले भोगेका समस्यालाई मध्यनजर गदै क्यानडामा रहेको नेपाली राजदूतावासले क्यानडामा अध्ययनका लागि आउने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई विभिन्न आवश्यक सुझाव र जानकारीहरूसहित एड्भाइजरी नै जारी गरेको थियो । आगामी शैक्षिक सत्रको तयारी गरिरहेका विद्यार्थीहरूको क्यानडा बसाइ र अध्ययन सहज बनाउनका लागि दूतावासले विभिन्न विषय हरूमा विशेष ध्यान दिन सुझाव दिएको हो ।

दूतावासले यसअघि २०७८ वैशाख १७ गते जारी गरेको जानकारीमूलक सूचनालाई राम्ररी अध्ययन गरेर मात्र क्यानडा आउने तयारी गर्न आग्रह गरेको छ । विद्यार्थीहरूले आफूले अध्ययन गर्न लागेको कलेज, विषय, लाग्ने खर्च, र कलेज अवस्थित शहरको बारेमा पर्याप्त अनुसन्धान गरी जानकारी प्राप्त गरेर आउनु पर्नेमा दूतावासले जोड दिएको छ ।