काठमाडौं । गत असोजमा स्वास्थ्य उपचारका लागि बिदेश गएका माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार स्वदेश फर्कने भएका छन्।
उनी उपचारका लागि थाइल्यान्ड प्रस्थान गरी त्यतैबाट चीन पुगेका थिए ।
आगामी सोमबार बेलुका ८ बजे उनी नेपाल फर्किने स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए ।
उनका अनुसार नेता वर्षमानलाई चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनले स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्ज गरेको थियो ।
नेता पुन पार्टीको आठौं महाधिवेशनमा पनि आउन सकेका थिएनन् । उनकै आग्रहमा माओवादीको पदाधिकारी चयनको प्रक्रियामा पनि स्थगित भएको थियो ।










