११ असार २०८३, बिहीबार
,
Latest
जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा म छैनः प्रकाशमान सिंह



अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताउनु भएको छ । 

नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुुपर्ने पनि स्पष्ट पार्नु भयो । शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले संविधानको मर्म र भावना विपरित कुनै पनि तहको निर्वाचनमा जान नहुने बताउनु भयो । उहाँले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिना भित्र स्थानीय तहको निर्वाचन हुुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोही अनुसार हुनुपर्ने दावी समेत गर्नु भयो । 

पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका नेता सिंहले भन्नु भयो, ‘मैले सुरुदेखि नै भन्दै आएको छु । हामीले जाने भनेको त संविधानको भावना र मर्म बमोजिम नै सबै कामहरु हुनु प¥यो । अहिलेको यो डिबेट आईराखेको छ नि त । स्थानीय तहको कार्यअवधि त पाँच वर्षका लागि हो । कार्यअवधि भन्दा स्थानीय निर्वाचन ऐनले २ महिना अगावै स्थानीय तहको निर्वाचन भएको हुनुपर्छ भनेको छ । तर संविधानले के भन्छ भन्दाखेरी कार्यकाल पाँच वर्षका हो । तर, कार्यकाल सकिएको ६ महिना भित्र नै गर्नुपर्छ भन्ने संविधानको कुरा छ । तर अहिले आएर के हो भन्दाखेरी यो संविधानको समग्र मर्मलाई काम गर्नुपर्छ । स्थानीय निकायलाई हामीले समयमै गर्दाखेरी संघीय निर्वाचन पनि टाईम आएपछि गर्दा राम्रो हुन्छ । संविधानको भावना र मर्म अनुसार नै हुनुपर्छ । त्यसमा पनि के भन्दाखेरी स्थानीय निकायचाँही खाली राख्नु हुन्न भन्ने मेरो परसनल ओपिनियन हो । र, त्यही अनुसार हुनुपर्छ भन्ने मेरो भनाई हो ।’

त्यस अवसरमा काँग्रेस नेता सिंहले डा. मिता सिंहद्वारा लिखित पुस्तक ‘स्ट्रगल अफ गणेशमान सिंह’को विमोचन गर्दै पुस्तकमा गणेशमान सिंहले नेपालको प्रजातन्त्र स्थापनाका लागि गर्नु भएको योगदानको चर्चा गरिएको बताउनु भयो । उहाँले सो पुस्तक नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जान्न चाहने जोकोही उपयोगी हुने विश्वास समेत व्यक्त गर्नु भयो ।