२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै ओभरमा ३९ रन जोडेर कीर्तिमान बनाए, ६ बलमा ६ छक्का हिर्काए



अ+ अ-

एजेन्सी । समोआका ब्याट्सम्यान ड्यारियस भिसरले टी–२० अन्तर्राष्ट्रियमा एक ओभरमा सर्वाधिक ३९ रन बनाएर कीर्तिमान बनाएका छन् ।

यसअघि यो कीर्तिमान युवराज सिंह, किरोन पोलार्ड, निकोलस पूरन र दीपेन्द्र सिंह ऐरीको नाममा थियो ।

सबैले १ ओभरमा ३६ रन बनाएका छन् । मङ्गलबार (२० अगस्ट) आईसीसी पुरुष टी–२० विश्वकप उपक्षेत्रीय पूर्वी एसिया प्यासिफिक क्वालिफायर ए को खेलमा भानुआटु विरुद्ध भिसरले तीव्र गतिका बलर नलिन निपिकोविरुद्ध ३९ रन बनाएका थिए ।

भिसरले ६ बलमा ६ छक्का प्रहार गर्दा नो बलमा ३ रन जोडे ।

समोआको इनिङ्समा १५ औं ओभरमा भानुआटुका लागि सीमर नलिन निपिको बलिङ गर्दै थिए । डारियस भिसर क्रिजमा । भिसरले ओभरको पहिलो तीन बलमा ३ छक्का प्रहार गरे ।

जबकि चौथो बल नो बल थियो । त्यसपछि अर्को बलमा भिसरले छक्का प्रहार गरे । त्यसपछि पाँचौं र छैटौं बलमा रन बन्न सकेन तर छैटौं बल नो बल थियो, यसपछि फ्याँकिएको बल पनि नो बल थियो र ६ रनमा बाउन्ड्री बाहिर गयो । फेरि फ्याँकिएको बल पनि छक्का प्रहार भयो ।

भिसरअघि भारतीय ब्याट्सम्यान युवराज सिंहसहित तीन ब्याट्सम्यानले एक ओभरको ६ बलमा ६ छक्का प्रहार गरेका थिए । युवराजले सन् २००७ मा इंग्ल्याण्डका स्टुअर्ट ब्रोडविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका थिए । भिसर टी–२० अन्तर्राष्ट्रिय खेलको एक ओभरमा ६ छक्का प्रहार गर्ने चौथो ब्याट्सम्यान बनेका छन् । यसअघि युवराज सिंह बाहेक केरोन पोलार्ड (श्रीलंकाविरुद्ध २०२१) र नेपालका दीपेन्द्र सिंह ऐरी (कतारविरुद्ध २०२४) ले एक ओभरमा ६ छक्का प्रहार गरेका थिए ।