४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक, मंसिर १५ देखि प्रतियोगिता



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजनमा हुन लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरिएको छ ।

क्यानले सोमबार एक कार्यक्रमकाबीच लोगो सार्वजनिक गरेको हो । सो अवसरमा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरे ।

लिगको मिति समेत सार्वजनिक गरिएको छ । जसअनुसार आगामी मंसिर १५ देखि पुस ६ सम्म प्रतियोगिता आयोजना हुनेछ ।

लिगमा क्यानले ६ टोली हुने बताएको छ । टोलीको स्वामित्व किन्नका लागि क्यानले यसअघि सूचना प्रकाशित गरेको थियो । जसमा विभिन्न कम्पनीले परियोजना प्रस्तुत गरेका छन् ।

लिगको टोली घोषणा गरेपछि खेलाडी आबद्ध गर्ने प्रकिया अघि बढाउने क्यानको तयारी छ ।