एजेन्सी । मेक्सिकोमा मानिसहरुले ४ फिट अग्लो मुसा भेटेको छ । केही साता अघिको भारी वर्षापछि मेकिसको सिटिको नालीमा कामदारहरूले सफा गर्ने क्रममा निकै डरलाग्दो ठूलो मुसो डुबेको भेटेका थिए । कामदमरहरु पहिलो पटक मुसा देख्दा डराएका थिए । उनीहरुले डुबेको मुसोलाई बाहिर निकाल्ने प्रयास गरे । त्यो ठूलो डरलाग्दो मुखा बाहिर निकालेपछि थाहा भयो मुसो वास्तवमा नक्कली रहेछ जुन हेलोवीन प्रोपमा प्रयोग भएको थियो ।
उक्त मुसो इभेलिन लोपेज नाम गरेकी एउटी महिलाले आफ्नो भएको दावी गरिन् । उनले भनिन् त्यो मुसो वर्षौं पहिले आएको आँधीबेहरीमा हराएको थियो । उनले थप्दै भनिन् मैले नालाहरुमा खोजीका लागि सहयोग मागेका थिए तर कुनै काम भएन । उक्त मुसा पहिलो पटक मानिसहरूले देख्दा यति वास्तविक देखिन्थ्यो कि भागदौड समेत मच्चिएको थियो । न्यु योर्क पोष्टका अनुसार केही सामाजिक मिडिया प्रयोगकर्ताहरूले यस वर्षको हेलोवीनको लागि पुनःप्रयोग गर्न सुझाव दिएका थिए ।