४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले महिला टी–२० विश्वकप आयोजना नगर्ने, बंगलादेशको प्रस्ताव अस्वीकार



अ+ अ-

एजेन्सी । बंगलादेशको राजनीतिक अस्थिरताका कारण भारतमा प्रतियोगिता आयोजना गर्ने आईसीसीको प्रस्तावलाई बीसीसीआईले अस्वीकार गरेपछि भारतले महिला टी–२० विश्वकप आयोजना नगर्ने पक्का भएको छ ।

बीसीसीआई सेक्रेटरी जय शाहले बिहीबार मुम्बईस्थित टाइम्स अफ इन्डियाको कार्यालयमा दिएको अन्तर्वार्तामा भने, ‘हामी अर्को वर्ष महिला एकदिवसीय विश्वकप आयोजना गर्दैछौँ । यस्तो अवस्थामा हामी लगातार विश्वकप आफ्नै घरमा गर्न चाहन्छौं भन्ने सङ्केत दिन चाहँदैनौं ।’

जय शाहले बंगलादेश क्रिकेट बोर्डले अक्टोबरमा भारतमा महिला टी–२० विश्वकप आयोजना गर्ने प्रस्ताव भारतले अस्वीकार गरेको बताए । महिला टी–२० विश्वकप अक्टोबर ३ देखि अक्टोबर २० सम्म बंगलादेशमा हुने तय भएको छ ।

बंगलादेशमा अहिले राजनीतिक अस्थिरता छ । यस्तो अवस्थामा बंगलादेशमा हुने महिला टी–२० विश्वकपमा संकटको बादल मडारिरहेको छ । यसैबीच बंगलादेश क्रिकेट बोर्डले भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई भारतमै आयोजना गर्न विकल्प खोज्न अनुरोध गरेको थियो ।




भर्खरै