२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकमको अफर ! यस्ता ब्यात्तीलाई नि:शुल्क सिम, यसरी हुनुहोस् सहभागी



अ+ अ-

काठमाडौं । नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराइरहेको हो ।  

टेलिकमका प्रवक्ता राजेश जोशीले सिममार्फत शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सकिने जानकारी दिनुभयो । उहाँले समुहमा आवद्ध सबै विद्यार्थी र शिक्षकले एकआपसमा असीमित कुराकानी गर्न समेत सुबिधा रहेको बताउनुभयो । 
 
उहाँका अनुसार उक्त सुविधा प्रयोग गरेवापत मासिक रुपले लाग्ने शुल्क ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ अनुसार स्थानीय निकायमार्फत सरकारले व्यहोर्ने छ । रु ९९ बराबरको शुल्कमा कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले एक थान निःशुल्क पाठशाला सिमकार्ड लिन सक्नेछन् ।
 
कसरी सहभागी हुने

टेलिकमले ल्याएको ‘पाठशाला सियुजी सिम’ योजनामा आबद्ध हुन कम्पनीको जिएसएम वा सिडिएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्दछ । विद्यार्थी र शिक्षकले चाहेमा पहिलेदेखि नै प्रयोग गरिएको प्रिपेड सिमकार्डलाई योजनामा आबद्ध गर्न सकिने जनाइएको छ । प्रिपेड सिमकार्ड नहुनेका लागि निःशुल्क रुपमा नयाँ प्रिपेड सिमकार्ड लिन सक्नेछन् । 

सिमकार्ड लिन शिक्षक तथा विद्यार्थीले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम भरी सम्बन्धित सार्वजनिक विद्यालयमा बुझाउनु पर्नेछ । यसरी आवेदन फारामको साथमा विद्यार्थीको परिचयपत्रको प्रतिलिपी, विद्यार्थीको नागरिकताको प्रतिलिपि वा नागरिकता नबनेको भएमा अभिभावकको नागरिकताको प्रतिलिपि संलग्न गर्नुका साथै आवेदन फारामको निर्धारित स्थानमा एक प्रति फोटो टाँसिएको हुनुपर्नेछ । विद्यार्थीले सिमकार्ड उनीहरुकै वा अभिभावकको नाममा समेत लिन सक्नेछन् ।

विद्यालयले उक्त योजनामा आवद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकको मोबाइल नम्बर र नामसहित स्थानीय तहको सिफारिसका आधारमा नजिकको टेलिकम कार्यालयमा सम्पर्क गरी सो वापत लाग्ने शुल्क भुक्तानी गर्नुपर्दछ । उक्त अवधि सकिए पनि निःशुल्क रुपमा प्रयोग गरिएको सिम अन्य प्रयोगकर्ता सरह नै निरन्तर प्रयोग गर्न सकिने प्रवक्ता जोशीले जानकारी दिनुभयो ।