४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय टोलीको बलिङ प्रशिक्षकमा मोर्ने मोर्केल नियुक्त



अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्व बलर मोर्ने मोर्केल भारतीय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा नियुक्त भएका छन् ।

उनी सेप्टेम्बर १ मा टोलीमा आउनेछन् । क्रिकेट वेबसाइट क्रिकबजले जय शाहलाई उद्धृत गर्दै मोर्केललाई भारतीय प्रशिक्षक बनाएको बताएको छ ।

दक्षिण अफ्रिकाका ३९ वर्षीय पूर्व बलरलाई बलिङ प्रशिक्षक बनाउने कुरा पहिले नै चलिरहेको थियो । भारतीय टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले मोर्केललाई बलिङ प्रशिक्षक बनाउन माग गरेका थिए । दुबैले आईपीएल फ्रेन्चाइज लखनऊ सुपर जायन्ट्समा सँगै काम गरेका छन् ।

मोर्केलको पहिलो असाइनमेन्ट बंगलादेशविरुद्धको टेस्ट सिरिज हुनेछ । सेप्टेम्बर १९ देखि सुरु हुने यस सिरिजमा २ टेष्ट खेल हुनेछन् ।

मोर्केलले सन् २००६ देखि २०१८ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यस अवधिमा उनले ८६ टेस्ट, ११७ एकदिवसीय र ४४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।