२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न आग्रह



अ+ अ-

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधान मन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । समाजले आज एक बिज्ञप्ति जारी गर्दे मन्त्री रेणु यादवले हालै रौतहटको गौरमा दिएको  आपत्तिजनक अभिव्यक्ति मन्त्री पदको गरिमा बिपरित हुनुका साथै लोकतान्त्रिक  मर्यादाको खिलाफ रहेको जनाएको  छ ।

बिज्ञप्तिमा भनिएको छ आपराधिक  मार्गलाई बढावा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधान मन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज  आग्रह गर्दछ।

समाजले सी के राउत नेतृत्वको जनमत पार्टीद्वारा प्रदर्शित कतिपय अराजक, उच्छृंखल एवम अशोभनिय गतिबिधीको समेत निन्दा गरेको छ ।