११ असार २०८३, बिहीबार
,
Latest
ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावना विपरीत तथा पूर्वाग्रही: राप्रपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सनातन हिन्दूराष्ट्र एवं राजसंस्थासहितका प्रजातन्त्रको मान्यता अभिवृद्ध गर्न र कायम गर्न भन्ने पार्टीको विधानको प्रस्तावना हटाउन निर्वाचन आयोगले गरेको पत्र नेपालको संविधानको मर्म र भावना विपरीत भएको बताएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले पार्टीको विधानको धारा ४(क) मा उल्लेखित झण्डाको मध्य भागमा गाई चिह्न भएको भन्ने वाक्यांश हटाउन आयोगले पठाएको पत्र राप्रपाको मूल्य र मान्यता विपरीत रहेको, विगतमा पार्टीले प्रयोग गर्दै आएको, निर्वाचन आयोगले समेत मान्यता प्रदान गरेको तथा राप्रपाको झण्डामा र राप्रपाको चुनाव चिह्नको रुपमा समेत प्रयोग भई स्थानीय तह, प्रादेशिक तथा संघीय निर्वाचनामा समेत निर्वाचित भएका सन्दर्भमा आयोगको निर्देशन पूर्वाग्रही देखिएको ठहर गरेको छ ।

बैठकले निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा आयोगको पत्रका सम्बन्धमा कानूनी र राजनीतिक उपचार खोज्नेसमेत निर्णय गरेको पार्टीका महामन्त्री भुवन पाठकले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ । निर्वाचन आयोगले राप्रपालाई ‘सनातन हिन्दूराष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्र’ को मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने विधानको प्रस्तावनामा राखिएको वाक्यांश नेपालको संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएको भन्दै सो वाक्यांश हटाई नेपालको संविधानको धार २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी गर्न भनी पत्र पठाएको थियो । त्यस्तै आयोगले पार्टीको झण्डाको मध्यभागमा गाई चिह्न भएको हटाउनसमेत निर्देशन दिएको थियो ।