७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मणि थापालाई एमालेले गर्यो पदमुक्त



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ । लामो समयदेखि पार्टीमा निष्क्रिय रहेपछि उनलाई एमालेले कुनै जिम्मेवारीमा नराखेको हो ।

हिजो बसेको दुई रिक्त स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरिएको छ । थापा माओवादी धारका नेता हुन् ।

एमाले र माओवादीबीचको एकतापछि बनेको तत्कालीन नेकपामा उनलाई स्थायी कमिटीको जिम्मेवारी दिइएको थियो । तर, नेकपा एकता भंग भएपछि एमाले रोजेपछि थापा गैर सांसदको रूपमा मन्त्री समेत बनेका थिए ।