८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

बोल्नेभन्दा पनि काम नै गर्नु पर्छ: बालेन शाह

बोल्नेभन्दा पनि काम नै गर्नु पर्छ: बालेन शाह
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ८ को नवनिर्मित प्रशासकीय भवनको आज समुट्घाटन भएको छ । पशुपति अमालकोट कचहरीमा निर्माण भएको भवनको शिलालेख महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सार्वजनिक गर्नुभयो । भवनको मुख्य प्रवेश द्वारको रिवन काट्न वडाध्यक्ष आशामान संगतले प्रमुख शाह र उपप्रमुख सुनिता डंगोललाई आग्रह गर्नुभएको थियो । उहाँको आग्रहमा प्रमुख शाह र उपप्रमुख डंगोलले, वडाध्यक्षले नै रिवन काट्न भन्नु भएपछि वडाध्यक्षले रिवन काट्नुभएको थियो । यसपछि उहाँहरुसँगै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, विषयगत समितिका संयोजकहरु, कार्यपालिका तथा नगर सभा सदस्यहरुले कार्यालय भवनको अवलोकन गर्नुभएको थियो ।

नवनिर्मित भवन नेवारी शैलीमा निर्माण भएको छ । भवनमा भित्री सुविधा आधुनिक खालका छन् । बाहिरी स्वरुप प्राचीन ढाँचाको छ । लिफ्टसहितको भवन अपांगमैत्री भवन होे ।
नवनिर्मित भवनबाट पशुपतिनाथ मन्दिर परिसर, विमानस्थल क्षेत्र, जयवागेश्वरी मन्दिर, नवाली टोल, ईट्टापाखा, दथु टोल, गौशाला लगायतका ठाउँ देखिन्छन् ।

विकासका काम तीव्र रुपमा हुने बताउँदै महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, बोलपत्र आव्हान गर्दा लाग्ने समय घटाउन नसकिने बताउँदै यसबाहेकका काम छिट्टै हुने गरेको उल्लेख गर्नुभयो । ‘नवनिर्मित भवनको छतबाट हामीले हेर्‍यौँ । सम्पदामैत्री सडक निर्माण भइरहेका छन् । वडा भवन आफैँमा सम्पदामैत्री छ । महानगरपालिकाभित्रका भवनलाई नेवारी शैलीमा बनाउँदै लैजानु पर्छ । यसका लागि हामीले बजेट र कार्यक्रम तर्जुमा गरेका छौँ । यसबाट पर्यटन व्यवस्थापनको कामलाई अझ उचाइमा पुर्‍याउने हाम्रो अपेक्षा छ ।’ प्रमुख शाहले भन्नुभयो, ‘बोल्नेभन्दा पनि काम नै गर्नु पर्छ भन्ने हो ।’

कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले वडा नं. ८ को सांस्कृतिक, सामाजिक र ऐतिहासिक पक्षमा चर्चा गर्दै, महानगरपालिकाले बस्तीहरुलाई सांस्कृतिक, पुरातात्विक र पर्यटकीय आकर्षण बढाउन हाउस पुलिङ् र सम्पदामैत्री भवन निर्माण गर्नेहरुलाई अनुदान सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो । वडाको प्रशासनिक भवनका विषयमा कुरा गर्दै उहाँले थप्नुभयो, ‘वडामा सेवा लिन आउने सेवाग्राही आउँदा जति उत्साह बोकेर आउनुहुन्छ, फर्किँदा त्योभन्दा धेरै खुशी बोकेर फर्किन सक्नुहोस् । वडाले नवनिर्मित भवनबाट यसरी चुस्त सेवा दिन सकोस् ।’

‘हिजो हामीले टोल, समाज र छिमेकको भवन बनाइदियौँ । आज आफ्नै सेवाग्राहीलाई सेवा दिने प्रशासनिक भवन निर्माण गरिरहेका छौँ ।’ कार्यक्रममा प्रवक्ता नविन मानन्धरले भन्नुभयो, ‘कुनै भवन निर्माण भइसकेका छन् । कति वडाका भवन बनाउन शिलान्यास बनाइसकिएको छ । कति वडाले नयाँ भवनबाट सेवा प्रवाह गरिसकेका छन् ।’ उहाँले सम्पदा प्रवर्धनको प्रसङ्ग जोड्दै थप्नुभयो, ‘भित्री सहरमा मात्र नेवारी शैलीका संरचना छन्, भन्ने लाग्थ्यो । परम्परागत बाजागाजा भित्री सहरमा मात्र बज्छन् भन्ने लागेको थियो । आज पशुपति क्षेत्रले यस्ता संस्कार बाहिरी सहरमा पनि छ भन्ने पुष्टि गरेको छ ।’

वडाध्यक्ष आशामान संगतले वडाबासीले आफ्नो सपनाअनुसारको वडा भवन प्राप्त गरेको उल्लेख गर्नुभयो । उहाँले नगर अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराइदिन कोषलाई आग्रह गर्नुभयो । ‘यसअघि पशुपति मन्दिर अगाडि पश्चिम गेटमा वडा भवन थियो । पशुपति क्षेत्र विकास कोषले गुरुयोजना कार्यान्वयन गर्न भवनको सट्टा भवन बनाएर दिने सर्तमा २०५९ सालमा वडा भवन भत्काइएको थियो । कोषले यसपछि न भवन बनाइ दियो । न जग्गा नै उपलब्ध गरायो ।’ संगतले भन्नुभयो, ‘हामी निर्वाचित भइसकेपछिको प्रयासले नतिजा दिन सकेकोमा खुशी लागेको छ ।’

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले, भवन निर्माण गर्न जग्गा उपलब्ध गराएर महानगरपालिकाप्रति कोषले दायित्व पूरा गरेको धारणा राख्नुभयो । स्थानीय तहसँग मिलेर गरेको विकास दिगो हुने उहाँको भनाइ थियो ।

राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, प्रदेश सभा सदस्य श्रीराम लामिछाने र स्थानीय राजनीतिक प्रतिनिधिहरुले नवनिर्मित भवनबाट प्रविधियुक्त सेवा प्रवाहका लागि शुभकामना दिनुभएको थियो ।

गएको मंगलबार विहान ८ बजेर ४१ मिनेटको शुभ साइतमा प्रशासनिक भवन प्रवेश गरिएको थियो ।

४ आना जग्गामा निर्माण भएको ४ तले भवनको कार्पेट करिब ४ हजार वर्ग फिट हो । सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भवनमा जनप्रतिनिधि र कर्मचारीसहित वैङ्क सेवाका स्थान उपलब्ध हुनेछ । अपाङ्गमैत्री भवनको भुइँ तलाका लागि र्‍याम राखिएको छ । यस्तै ६ जना व्यक्ति अट्ने क्षमताको लिफ्टबाट हरेक व्यक्ति हरेक तलाको कोठामा पुग्न सक्ने बनाइएको छ ।