३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गन्दर्भ समाजका मानिसहरुलाई बस्ने घरको व्यवस्था भएपछि…(फोटो फिचर)

गन्दर्भ समाजका मानिसहरुलाई बस्ने घरको व्यवस्था भएपछि…(फोटो फिचर)
अ+ अ-

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका भित्र रहेका गन्दर्भ समाजका मानिसहरुलाई बस्ने घरको व्यवस्था गरिएको छ । नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गरीरहेका छन् । पहिलो चरणमा २४ घर मध्ये १० घर निर्माण भई गन्दर्भ समुदायलाई हस्तान्तरण समेत भइसकेको छ ।

नगरपालिकाको डुडुवा नहरको छेउमा रहेको गन्दर्भ बस्तिलाई नगरपालिकाकै वडा नं. ११ मा सारिएको छ । तराई समबृद्धि विकास र नगरपालिकाको सहयोगमा १ करोड २० लाख रुपैयाँ लगानीमा १० वटा घर बनाई गन्दर्भहरुलाई उपलब्ध गराएको छ । दोस्रो चरण अन्तर्गत ९० लाख ५८ हजार ८ सय २८ रुपैयाँ ९० पैसा लागतमा थप १० घर निर्माण गर्न लागिएको नगरपालिकाका मेयर लुटबहादुर रावतले बताउनुभयो ।

सरकारले गन्दर्भ समाजका लागि घर बनाउन उपभोक्ता समितिलाई जिम्मेवारी दिएको छ । तर उपभोक्ता समितिले व्यवस्थित तरिकाले घर निर्माण नगरिदिदा समस्या भएको गन्दर्भहरु बताउँछन् । पहिलो चरणमा बनेका १० ओटा घरको शौचालयको स्याफ्टी ट्यांकी एउटै भएकाले झनै समस्या भएको गुनासो उनीहरुको छ । तरपनि घर नै नभएकाहरुका लागि सरकारले घर बनाइदिएपछि भने उनीहरु खुशि देखिन्छन् । समुदायका सबै परिवारले छिट्टै घर पाउने आशामा उनीहरु छन् ।

अहिले गन्दर्भ समाजलाई घरको खाँचो छ । त्यसैले स्थानीय सरकारले घर बनाईदिएको छ । गन्दर्भहरु भने सरकारले घर बनाईदिएर मात्रै नपुग्ने बताउँछन् । आफूहरुलाई घरको लालपुर्जा समेत उपलब्ध गराईदिै सहज हुने उनीहरुको भनाई छ ।

बसोबासको समस्यामा रहेका स्थानीय गन्दर्भहरुले घर पाएपछि खुशि देखिन्छन् । यस्तै उनीहरुले स्थानीय तहबाट सीपमुलक कार्यक्रम पाउन सके जीविको पार्जनका लागि समेत सहज हुने बताउँछन् ।