१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

वाईवाईद्वारा क्रिकेट टोलीलाई १० लाख रूपैयाँ हस्तान्तरण

वाईवाईद्वारा क्रिकेट टोलीलाई १० लाख रूपैयाँ हस्तान्तरण
अ अ+ अ-

काठमाडौँ । चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाईवाई चाउचाउले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ ।

आईसिसि टि–२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप सी जी फुड्सले गरेको घोषणा अनुसार उक्त रकम हस्तान्तरण गरिएको हो । नेपाल राष्ट्रिय टिम टि–२० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाइवाइले प्रत्येक रनका लागि १ हजार, प्रत्येक चौकाका लागि ८ हजार, प्रत्येक छक्काका लागि १२ हजार उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसैगरि प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार, प्रत्येक शतक बापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो । त्यसैगरि सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख उपलब्ध गराउने वाइवाइको घोषणा थियो । सोही अनुसार नेपाली क्रिकेट टिमले पाएको नतिजाअनुसार रकम हस्तान्तरण गरिएको हो । सोही घोषणा बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन नुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार थप गरी हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै सी जी फुड्सका सिइओ प्रदीप पुडासैनीले नेपालले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको र नेपाली टिम बधाईको पात्र रहेको बताउनु भयो । उहाँले नेपालको क्रिकेटमा हुनुपर्ने जति विकास हुन नसकेको भन्दै अब खेलकुदमा केही हुने लक्षण देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज नेपालको क्रिकेट टिमले विश्वकप खेलेर आएको छ । विश्वकप खेल्नुमात्रै पनि ठूलो कुरा हो । हामी खेल हेरेर उत्साहित थियौँ । तपाईंहरु बधाईका पात्र हुनुहुन्छ । तपाईंहरुले राम्रो गर्नुभयो । आगामी दिनमा यसको उचाईलाई अझ माथि पु¥याउनुहुनेछ । नेपालको क्रिकेटमा जति विकास हुनुपर्ने थियो । त्यो हुन सकेको छैन । अब केही राम्रो हुने लक्षण आइरहेको छ । हामी पनि नेपालको क्रिकेटमा लागेका छौँ । वामे सर्ने अवस्थामा हामी सिजी आवद्ध भएका थियौँ । राष्ट्रको नाम तपाईंहरुले राख्न सफल हुनुभएको छ । यो हाम्रो गौरवको कुरा हो । क्रिकेटको क्षेत्रमा चौधरी ग्रुपले विभिन्न सहयोग गर्दै आएको छ । नेपालको महिला क्रिकेटलाई पनि हामीले अघि बढाउनेछौँ ।’

कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपालले विश्वकपमा गरेको प्रदर्शन नेपाली टिमलाई माया गरेको नतिजा भएको बताउनु भयो । नेपाली टिमले विश्वकपमा राम्रो प्रदर्शन गरेको बताउनु भयो । उहाँले नेपाली क्रिकेट टिमले आगमी दिनमा अझ बढी राम्रो गर्ने बताउनु भयो । उहाँले सिमित श्रोत साधनका बीचमा नेपालले गरेको प्रदर्शन उच्च रहेकाले टिमलाई दबाब दिन नहुने बताउनु भयो ।

कार्यक्रममा क्रिकेटर सन्दीप लामिछानेले क्रिकेटलाई हौसला प्रदान गर्नका लागि सिजी ग्रुपले गरेको सहयोग उच्च रहेको बताउनु भयो । उहाँले खेलाडीका लागि यस्ता प्रोत्साहनले उर्जा आउने बताउनु भयो । उहाँले विश्वकपमा नेपालले आफूले सकेको प्रदर्शन गरेको र आफूहरु त्यसमा सन्तुष्ट रहेको बताउनु भयो । उहाँले नेपाली टोलीले आगामी दिनमा झनै राम्रो खेल खेलेर समर्थकलाई खुशी पार्ने बताउनु भयो ।

नेपाल आईसिसि टि–२० विश्वकप खेल्न सफल भएको अवसरमा लामो समयदेखि पुरूष अण्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइवाइले महिला अण्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन बापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि संचालनका लागि ३० लाख गरी जम्मा ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा पनि गरेको छ । उक्त रकम क्यानसँगको समन्वयमा निकट भविष्यमा हस्तान्तरण गरिने बताएको छ ।