७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

रहेनन् सुदेश रिमाल

रहेनन् सुदेश रिमाल
अ+ अ-

काठमाडौं । नशा सम्बन्धी रोगका कारण मृत्यु हुनु भएका राष्ट्रिय खेल भलिबलका पूर्व मुख्य प्रशिक्षक सुदेश रिमालको सम्मानमा आज (शनिबार) राष्ट्रिय खेलकुद परिषद्ले श्रद्धाञ्जली कार्यक्रम गरेको छ । राष्ट्रिय खेलाडी देखी मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नुभएका सुदेशको अन्तिम सम्मानमा राखेपले त्रिपुरेश्वरमा श्रद्धाञ्जली सभा गरेको हो । 

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकलुद परिषद्को हातामा कार्यक्रम आयोजना गरी पूर्व मुख्य प्रशिक्षक सुदेशको श्रद्धाञ्जली सभा गरेको हो । यस्तै राष्ट्रिय खेलकुद परिषद्ले आईतबार राखेपमा विदा दिने निर्णय समेत गरेको छ । ब्रेनह्यामरेज भएपछि बाँसबारी न्यूरो अस्पतालमा उपचाररत ५६ वर्षीय रिमालको शुक्रबार निधन भएको हो । पर्साको वीरगन्जमा जन्मिनु भएका रिमाल पछिल्लो दुई वर्ष राखेपको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को निर्देशकका रूपमा काम गर्दै आउनुभएको थियो । गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा भलिबल टोलीको मुख्य प्रशिक्षक समेत रहनुभएका सुदेशको टोली नेपालले कांस्य पदक जितेको थियो । भलिबललाई माया गर्ने खेलाडी मध्येका सुदेशलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल यसरी सम्झिनुभयो ।

दोस्रो पुस्ताको रुपमा चिनिनु भएका रिमाल २०४० सालपछि करिब एक दशक राष्ट्रिय टोलीका सदस्य रहेर सन १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाली खेलकुदमा नेपाली टिमको प्रतिनिधित्व गर्नुभएको थियो । विभिन्न कोर्स पूरा गर्नुभएका रिमालले राष्ट्रिय टोलीको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो । २०४२ सालमा वीरगन्जमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा सुदेश नारायणी अञ्चलको टोलीबाट राष्ट्रिय टोलीमा डेब्युु गर्नुभएको थियो । ओपन स्पाइकरको पोजिसनबाट खेल्दै आउनुभएका सुदेश सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोलीले कांस्य पदक जित्दा प्रमुख प्रशिक्षक रहेनु भएको थियो । मध्यम प्रदर्शन गर्ने सुदेशको अन्तिम श्रृद्धाञ्जलीमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष सहित विभिन्न पदाधिकारी, नेपाल भलिबल संघका पदाधिकारी देखी भलिबल खेलाडी उपस्थित भएका थिए ।