३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीमाथी आर्सनलको जित



अ+ अ-

लन्डन । आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार सात खेलको जितहीन यात्रामा पूर्णविराम लगाउँदै शनिबार चेल्सीलाई लन्डन डर्बीमा ३–१ ले हराएको छ । इमिरेट्समा प्राप्त यो जितले व्यवस्थापक मिचेल आर्टेटालाई ठूलो राहत प्राप्त भएको छ । यसअघि म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसँग २–२ को बराबरी खेलेको थियो ।

एभरटन भने अन्तिम स्थानमा रहेको सेफिल्ड युनाइटेडलाई १–० ले हराएर अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ । उसको २९ अंक भएको छ । यस्तै म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडमाथि २–० जित दर्ता गर्दै पाँचौं स्थानमा पुग्यो । बराबरीपछि म्यानचेस्टर युनाइटेड २७ अंकसहित चौथो स्थानमा झरेको छ ।

तेस्रोमा लेस्टरको २८ अंक छ । डिफेन्डिङ च्याम्पियन तथा लिग तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलको ३१ अंक छ । आइतबार उसले वेस्ट ब्रुमको सामना गर्दै छ ।