१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

मुग्लिन–मलेखु सडक विस्तार सुस्त गतिमा

मुग्लिन–मलेखु सडक विस्तार सुस्त गतिमा
अ अ+ अ-

चितवन । मुग्लिन–मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम सुरु गरिएकामा एक वर्ष ६ महिनाको अवधिमा १३ प्रतिशत मात्र काम भएको छ । सम्झौता अनुसार यस अवधिमा ३३ प्रतिशत कार्यसम्पन्न हुनुपर्ने थियो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी ई कृष्ण आचार्यले भने नक्शाङ्कन, वर्षात् र चाडपर्वलगायत कारणले लक्ष्यअनुसार काम नभएको बताउनुभयो । यहाँ सम्झौता गर्ने बेलाको नक्शाङ्कन परिवर्तन गर्नुपरेको र त्यस कार्यमा छ महिना लागेकाले पनि काममा ढिलाइ भएको उहाँले बताउनुुभयो ।

ई आचार्यका अनुसार यो खण्डमा रहेका आठवटा पुलमध्ये पाँच पुल निर्माण, नाली, मोड सुधार, टेवा पर्खाल निर्माण, कल्भड विस्तार र सडक चौडाइ गर्ने काम भइरहेका छन् । सडकखण्डमा छवटा पुल निर्माणका लागि ठेक्का लागेकामा हुग्दी खोलास्थित पुलमा केही व्यवस्थापकीय काम बाँकी रहेकाले निर्माण अगाडि बढेको छैन ।

विश्व बैंकको आर्थिक सहयोग रहेको यो खण्ड तीन वर्षभित्र निर्माणसम्पन्न गर्ने गरी शर्मा–जेडआई सिजी जेभीले रु चार अर्बमा ठेक्का पाएको छ । हाल सात मिटर चौडाइ रहेको सडकका केही ठाउँमा दुई लेनको बनाउन कम्तीमा नौ मिटर चौडाइ बनाइने र बाक्लो बस्ती भएका विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटार गरी चार स्थानमा सात दशमलव १५ किलोमिटर सडक चार लेन बनाइने आचार्यले बताउनुभयो ।

चार लेन सडक १४ मिटर फराकिलो हुनेछ । यस्तै तीन किलोमिटर उकाला ठाउँमा तीन लेन सडक बनाइने र यसको चौडाइ १० दशमलब पाँच मिटर हुनेछ । राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुद काम गर्नु परेकाले निर्माण कार्यलाई तीव्रता दिन नसकिएको आयोजनाले जनाएको छ ।

“सडक निर्माणमा धेरै समय लागेमा यात्रुले थप हैरानी बेहोर्नुपर्ने हुन्छ । यसकारण छिटो काम सम्पन्न गर्न सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गर्दै आएका छौँ । अब बर्षात्को समयमा काम गर्न कठिन हुने भएकाले आगामी हिउँदमा कामले तीव्रता पाउने छ”, सूचना अधिकारी ई कृष्ण आचार्यले भन्नुभयो । रासस