२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन

लेबनानमा पनि कोरोनो भाइरसको नयाँ संक्रमण भेटियो

लेबनानमा पनि कोरोनो भाइरसको नयाँ संक्रमण भेटियो
अ अ+ अ-

लेबनान । लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ ।बेलायतबाट लेबनानको राजधानी बेरुतमा पुगेका एकजना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्य मन्त्री हमाद हसनले बताउनुभएको छ ।
 
उहाँले बेलायतबाट लेबनानको राजधानी बेरुतमा आएका एकजना नागरिकमा कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको जानकारी शुक्रबार दिनुभएको बताइएको छ । गएको सोमबार जहाजबाट लेबनान आएका ती नागरिकमा यो संक्रमण भेटिएको थियो ।
 
त्यसपछि सो जहाजमा आएका सबैजना यात्रुहरुलाई सतर्क रहनका साथै अन्य सुरक्षित मापदण्डहरु अपनाउन भनिएको पनि स्वास्थ्य मन्त्री हसनले जानकारी दिनुभएको हो ।ती संक्रमित भेटिएपछि लेबनानको सरकारले बाहिरबाट आउने उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । स्वास्थ्य मन्त्री हसनले सो कुरा ट्वीटमा जानकारी दिनुभएको छ ।
 
केही समयअघि मात्र बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ संक्रमण अर्थात् प्रकार युरोपका विभिन्न देशमा पनि देखिएको छ । यो संक्रमण फ्रान्समा पनि पहिलो पटक देखा परेको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रान्सेली पुरुषमा उक्त भाइरस पाइएको छ ।

उनलाई उनकै घरमा आइसोलेसनमा राखिएको र अहिलेसम्म उनमा कुनै लक्षण भने नदेखिएको बताएको छ ।सो नयाँ संक्रमणको घटनापछि फ्रान्सले पनि गएको बुधवारदेखि नै बेलायतसँगको आवतजावतमा प्रतिबन्ध लगाउने बारेमा नीति बनाएको थियो ।

यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अस्ट्रेलिया र द नेदरल्यान्ड्समा पनि पाइएको थियो । नयाँ प्रकारको भाइरस थप संक्रामक भएको भन्ने विवरणहरु आइरहेका छन् ।यसपछि विश्वका थुप्रै देशहरुले ब्रिटेनबाट आउने र जाने उडान रद्द गरिदिएका छन् । नयाँ प्रकारको भाइरसको संक्रमण रोक्न बेलायतमा पनि अहिले अत्यन्तै कडा बन्देजहरू लागु गरिएका छन् ।