३० श्रावण २०८३, शनिबार
,
Latest
गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण



अ+ अ-

अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिकाले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन पाँच हजार फलफूलका बिरुवा वितरण गरेको छ । किसानको मागका आधारमा नगरपालिकाको कृषि शाखाले अनुदानमा लिची, सुन्तला, कागती, मौसमी, ड्रागन फ्रुटलगायत पाँच हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गरेको हो ।

नगरपालिकाको ४० प्रतिशत अनुदान र किसानको ६० प्रतिशत लगानीमा किसानको मागका आधारमा लिची एक हजार दुई सय ५०, कागती एक हजार तीन सय ८०, मौसमी पाँच सय ५०, सुन्तला एक हजार सात सय ३० र ड्रागन फ्रुट एक सय २० बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

फलफूल खेतीबाट किसानलाई व्यावसायिक, आत्मनिर्भर बनाउँदै आर्थिकस्तर वृद्धि गर्ने उद्देश्यले फलफूलका बिरुवा वितरण सुरु गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । किसानलाई बिरुवा वितरण गर्दै उहाँले कृषि पेसामा लागेर स्वरोजगार बनेका उत्कृष्ट किसानलाई नगरपालिकाले प्रोत्साहन गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु खनालले निर्वाहमुखी कृषि पेसालाई व्यावसायिक बनाउनुपर्ने बताउँदै व्यावसायिक किसानलाई नगरले सहयोग गरिरहेको जानकारी दिनुभयो । पालिकाले बिरुवा लगाउने, संरक्षण गर्नेलगायत विषयमा विज्ञमार्फत परामर्श पनि उपलब्ध गराइएको बताउनुभयो । बिरुवा वितरण कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत खनाल, लेखा अधिकृत नवराज गौतम, कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईलगायतको उपस्थिति थियो ।