२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह ‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना हुँदै बिपी अस्पताल सुधार गर्ने प्रतिबद्धता अनुमतिबिनै सञ्चालित ‘मारिया अस्पताल’ बन्द, सञ्चालकमाथि कारबाही प्रक्रिया सुरु ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै प्याब्सन–अक्सफोर्ड सहकार्यअन्तर्गत ‘रिड विथ अक्सफोर्ड’ पुस्तक सेटको बुकिङ खुला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप: दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई चार विकेटले हरायो



अ+ अ-

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई चार विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको हो ।

नेदरल्याण्ड्सले दिएको १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टायो ।

दक्षिण अफ्रिकाको जितमा डेभिड मिलरले अर्धशतक प्रहार गरे । ५१ बलको सामना गरेका मिलरले तीन चौका र चार छक्काको मदतमा ५९ रन बनाए ।

त्यस्तै ट्रिस्टन स्टब्सले ३३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् ।

नेदरल्याण्ड्सका लागि भिभियन किङ्मा र लोगान भ्यान बेकले दुई-दुई विकेट लिए । बास डे लीडेको नाममा एक विकेट रह्यो ।

त्यसअघि न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा १०३ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि साइब्रान्ड इन्जेलबेच्टले सर्वाधिक ४० रन बनाए ।

त्यस्तै विक्रमजीत सिंहले १२, कप्तान स्कट एडवर्ड्सले १०, बास डे लीडेले ६ बनाए । लोगान भ्यान बेकले २३ रन बनाउदा माइकल लेविट र तेजा निदामनुरु शुन्य रनमा आउट भए ।

दक्षिण अफ्रिकाका लागि एन्रिच नोर्ते, बार्टम्यान र मार्को यानसनले दुई-दुई विकेट लिए ।