१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

तीन महिनामा मरे तीन पाटेबाघ

तीन महिनामा मरे तीन पाटेबाघ
फाईल फोटो
अ अ+ अ-
नवलपुर । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग नजिक रहेका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का राष्ट्रिय तथा सामुदायिक वनमा दुलर्भ पाटेबाघको गतिविधि बढेसँगै मृत्यु हुनेक्रम बढेको छ ।
जिल्लामा गएको फागुनदेखि यही जेठ ९ गतेसम्म तीन पाटेबाघ मृत फेला परेका छन् । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभन्दा बाहिर रहेका जनावरको निकुञ्जले संरक्षणमा ध्यान नदिने र डिभिजन वन कार्यालयले आफ्नो इलाकामा रहेका वन्यजन्तुको गणना नगर्ने गरेका कारण यो क्षेत्र अहिले पाटेबाघका लागि असुरक्षित बन्दै गएको छ । यसअघि दुई भाले पाटेबाघ मृत फेला परेका थिए भने अहिले फेरि पोथी पाटेबाघ मृत फेला परेको हो ।
विनयी त्रिवेणी गाउँपालिका–२ दुम्किबासको विनयी खोला बगरमा पाटेबाघ देखेपछि स्थानीयले शव डिजिभन वन कार्यालय दुम्किबासलाई खबर गरेको थियो । खोला किनारमा चार र पाँच दिनदेखि स्थानीयले पाटेबाघ देखे पनि मानवीय क्षति हुने ढङ्गले आक्रमण नगरेपछि कसैले चासो दिएका थिएनन् । पछिल्लो समय बाघको गतिविधि शङ्कास्पद लागेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेको जनाएका छन् ।
प्रहरीसहित घटनास्थलमा पुगेको डिभिजन वन कार्यालयका कर्मचारीले मृत बाघ फेला पारेको सब डिभिजन वन कार्यालय दुम्किबासका वन अधिकृत कुलचन्द्र दवाडीले बताउनुभयो । अर्को बाघको आक्रमणबाट घाइते भएर जङ्गल बाहिर निस्केको उक्त बाघलाई बेलैमा उद्धार गरेर उपचार गरेको भए बचाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै दवाडीले उद्धारमा ढिलाइ भएको बताउनुभयो । यसअघि यस क्षेत्रमा बँदेललाई थाप्न राखेको पासोमा परेर एउटा भाले पाटेबाघ मरेपछि गाडेर राखेको अवस्थामा भेटिँदा पनि यस क्षेत्रमा बाघको संरक्षण र उद्धारमा ध्यान दिइएको छैन ।
पछिल्लो पटक बुधबार साँझ फेला परेको करिब १० वर्षको पोथी पाटेबाघ सिकारीको आक्रमणबाट नभई भाले बाघ वा अन्य कुनै जङ्गली जनावरको आक्रमणबाट घाइते भई बिरामी परेर मरेको चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । बुधबार मृत भेटिएको पाटेबाघलाई शव परीक्षणपछि बिहीबार डिभिजन वन कार्यालय कावासोतीको क्षेत्रभित्र खाडल खनी पुरिएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बाघका लागि पर्याप्त आहार भए पनि नयाँ बयस्क बाघ र बुढा भएका बाघ बस्ती नजिकका जङ्गलमा नयाँ बासस्थान खोजेर आउने गर्दछन् ।
नवलपुरका राष्ट्रिय तथा सामुदायिक वनमा १० देखि १२ पाटेबाघ रहेको अनुमान गरिएको छ । नवलपुरमा अहिलेसम्म मृत भेटिएका तीन पाटेबाघमध्ये एउटालाई खाडल खनेर गाडिएको अवस्थामा फेला पारेकाले नवलपुरका वन क्षेत्रमा तस्करको निशानामा बाघ रहेको प्रष्ट हुन्छ । मृत भेटिएका तीनमध्ये अन्य दुईको मृत्यु शङ्कास्पद रहेको पशु चिकित्सक डा श्रेष्ठले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले अघिल्ला दुई पाटेबाघ मरेको घटनामा अझै अनुसन्धान जारी रहेको बताउनुभयो । उहाँले बँदेल मार्न थापेको पासोमा परेर बाघ मरेको भन्ने खुले पनि कसले मारेको भन्ने अझै एकिन भएको छैन । रासस