• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

सिरोहियालाई ५ दिनको म्याद थप गर्न सरकारी वकिलको सिफारिस



file photo

जनकपुर।  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ५ दिनको म्याद थपको लागि सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । उक्त म्याद सकिएकोले प्रहरीले आज पुन: म्याद थप गर्न उनलाई अदालत ल्याएको छ ।

सरकारी वकिल कार्यालयले आज पुन: ५ दिनको म्याद थप गर्न सिफारिस गरेको जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले जानकारी दिए ।

सिरोहिया पक्षमा शम्भु थापासहित ५ वरिष्ठ अधिवक्ता र ७ जना अधिवक्ता आज बहस गर्ने बताईएको छ ।