१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

डोजर लगाएपछि बागलुङका ताल सुक्दै

डोजर लगाएपछि बागलुङका ताल सुक्दै
अ अ+ अ-

ढोरपाटन । संरक्षणका नाममा डोजर लगाउँदा बागलुङमा रहेका चार ताल सुक्दै गएका छन् । स्थानीय तह स्थपानपछि गाउँ तथा नगरपालिकाले संरक्षणका लागि तालबीचमै डोजर लगाएपछि जैमिनी नगरपालिका–३ मा रहेको गाजाको दह (ताल), ढोरपाटन नगरपालिका–९ मा रहेको रुद्रताल, काठेखोला गाउँपालिका–४ मा रहेको खोर ताल र तमानखोला गाउँपालिका–२ मुठाचौरस्थित बराह ताल सुक्न थालेका हुन् । विसं २०७८ मा गाजाको दहमा डोजर लगाएर तालको क्षेत्रफल विस्तार गरिएको थियो । तालको क्षेत्र विस्तारपछि झण्डै ४० प्रतिशत पानी घटेको स्थानीय बताउँछन् ।

दह संरक्षणका लागि गण्डकी प्रदेश र जैमिनी नगरपालिकाले लगानी गर्दै आएका छन् । हालसम्म करिब ५० लाख लगानीमा यहाँ काम भएको वडा नम्बर ३ का अध्यक्ष कृष्णबहादुर भुजेलले बताउनुभयो । उहाँले डोजर लगाउनुपूर्व तालमा अलि बढी पानी भएको भन्दै अहिले केही कम भएको महसुस गरेको बताउनुहुन्छ । तालमा डोजर लगाएर क्षेत्र विस्तार गरेपछि पानीको मात्रा बढ्न नसक्दा घटेजस्तो लागेको उहाँको भनाइ छ । ताल संरक्षणका लागि अब डोजर लगाएर खाली भएको ताल छेउमा बगैँचा निर्माण गर्ने अध्यक्ष भुजेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले तालको क्षेत्र सानो थियो, टम्म पानी भरिएको देखिन्थ्यो, अहिले ठूलो क्षेत्र भएर पानी थोरै देखिएको हो, केही मात्रामा त घटेको छ, ताल संरक्षण गर्नका लागि अब डोजर लगाउँदै नलगाउने, बरु तालको किनारमा फूल फुलाउने, पानी कम सोच्ने बिरुवा लगाउने योजना बनाएका छौँ, संरक्षण गरिएन भने ताल खाली हुन पनि सक्छ पछिपछि ।”

बागलुङको काठेखोला–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बीचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् । गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको छ । आर्थिक वर्ष २०७९/८० काठेखोलाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएपछि ताल सुकेको स्थानीय गङ्गाबहादुर किसानले जानकारी दिनुभयो । तालमा एकाएक पानी सुक्न थालेपछि स्थानीय अचम्मित बनेका छन् । अहिले बाहिरबाट पानी लिएर हाल्ने स्थिति आएको किसानको भनाइ छ । दुई वर्ष अगाडि तालमा ४० प्रतिशत पानी रहे पनि अहिले तालमा धुलो उड्ने उहाँ बताउनुहुन्छ ।

“यो ताल निकै ठूलो थियो, सफा पानी हुन्थ्यो, हामी सानो हुँदा यही पानी भरेर खान्थ्यौँ, हावाले पात ल्याएर खसाले पनि चराले सफा गथ्र्यो, अहिले त धुलो उड्छ, यहाँ पालिकाबाट योजना पर्‍यो, योजनाबाट यहाँ सिमेन्टको पर्खाल लगाउने काम भयो, त्यसपछि पानी पूरै सुकेर सकियो”, किसानले भन्नुभयो, “अब त कसरी पानी पलाउला र यो तालमा ?, यस्तो अवस्था आउँला भन्ने लागेको थिएनौँ ।”

ताल सुन्दर र पर्यटकीय सम्भावना बोकेको हुँदा गाउँपालिकाले रु ३० लाख लगानी गरे संरक्षण थालेको थियो । तर अहिले संरक्षण गर्दा उल्टै तालनै सुकेको छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन नजिकै रहेको रुद्र ताल पनि सुक्दै गएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ मा रहेको रुद्र तालमा नगरपालिकाले छ वर्ष अगाडि डोजर लगाएपछि अहिले पानी निकै कम भएको छ । ढोरपाटन पुग्ने पर्यटकलाई आकर्षित गर्नका लागि नगरपालिकाले ताल सौन्दर्यकरण गर्न डोजर लगाएको भए पनि अहिले करिब ८० प्रतिशत पानी सुकेको स्थानीय खुमबहादुर सुनारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले रुद्र ताल जाने सडक थिएन, ढोरपाटन आउने पर्यटक गोरेटो बाटो हुँदै ताल पुग्थे, पछि सडक आयो, ताल सडककै छेउमा परेपछि धेरै मान्छे ताल हेर्न जान थाले, पछि नगरपालिकाले डोजर लगाएर सम्याउने काम गर्‍यो, त्यसपछि तालको पानी सक्दै सक्दै गएर अहिले थोरै भएको छ, यही हिसाबले पानी घट्दै गयो भने आगामी दुई/चार वर्षमा पानीनै रहँदैन होला ।”

तमानखोला–२ स्थित मुठाचौरमा रहेको बराह तालमा पनि पानीको मात्रा घटेको स्थानीय बताउँछन् । गाउँपालिकाले ताल संरक्षणका लागि तालबार लगाउनुका सधैँ त्यस वरपर थुप्रै पर्यटन पूर्वधार निर्माण गरेको छ ।

यस्तै बागलुङ नगरपालिका–१० स्थित भकुण्डेको बराह तलमा पनि पानी केही कम भएको पाइएको छ । बागलुङ बजार नजिकै रहेको यो ताल पर्यटकका लागि निकै आकर्षित बनेको छ । अन्य तालको तुलनामा यस तालमा भने पानी अलि बढी रहेको पाइन्छ । यहाँ बिदाको समय धेरै पर्यटक पुग्ने गरेको स्थानीय बताउँछन् ।

बागलुङ र पूर्व रुकुमको सिमानामा रहेको रिगतालमा पनि निसीखोला गाउँपालिकाले डोजर चलाएपछि २० प्रतिशत पानी घटेको स्थानीयको भनाइ छ । मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेभन्दा केही माथीपट्टि पर्ने यस तालमा दैनिक पर्यटक पुग्ने गर्छन् तर पानीको मात्रा घट्दै गएपछि ताल संरक्षणमा चुनौती बढेको छ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले ताल पानीको स्रोत भएको हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी स्थानीय पालिकाको भएको भन्दै डोजर लगाउन नहुने बताउनुभयो । डोजर लगाउँदा धेरै ठाउँमा पानीको मुहानसमेत सुकेको हुँदा ताल क्षेत्र वरपरसमेत ठूलो ‘इक्युमेन्ट’ चलाउन नहुने उहाँको भनाइ छ ।

“पछिल्लो समय जथाभावीरुपमा सडक खुलेका छन्, त्यसले पानीको स्रोतनै सुकाएको छ, अझ त्यसमाथि नगरपालिका/गाउँपालिकाले ताल संरक्षण गर्ने भन्दै डोजर लगाएपछि त अहिले धेरै ठाउँमा खानेपानीको समस्या भएको छ भने ताल पनि सुक्दै गएका छन्”, उहाँले भन्नुभयो, “ताल संरक्षण गर्न डोजर लगाउने होइन, कसरी हुन्छ पानीको स्रोत संरक्षण गर्नतर्फ ध्यान दिनुपर्छ, यदि होइन भने भावी पुस्ताले खानेपानीको ठूलो हाहाकार भोग्नुपर्ने स्थिति आउन सक्छ ।”