१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ

सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो

सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
अ अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका–१६ अर्मलाका महिलाहरू सामूहिक कृषितर्फ आकर्षित भएका छन् ।

प्रगति कृषि समूह गठन गरी जग्गा भाडामा लिएर महिलाहरू सामूहिक कृषिखेतीमा लागेका हुन । समूहकी अध्यक्ष चिनमाया सुवेदी श्रेष्ठले दुई रोपनी जग्गामा मौसमअनुसार आलु, मुला, केराउ, काँक्रोलगायतका नगदेबाली गर्दै आएका र वर्षाको समयमा सोही जग्गामा परीक्षणकारूपमा विभिन्न छ जातका धान रोप्ने तयारी भइरहेको बताउनुभयो ।

“स्यालघारी फाँटको जग्गामा यतिखेर लटरम्म काँक्रा फलेका छन् । फागुन महिनामा लगाएका भक्तपुरे जातको काँक्राका एक सय ३२ वटा बिरुवाले उत्पादन दिन सुरू गरेका छन् । वैशाखको अन्तिम सातादेखि उत्पादन सुरू भएको काँक्रा बिक्रीबाट रु १५ हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छौँ”, अध्यक्ष सुवेदीले भन्नुभयो । हाल प्रतिकेजी ८० मा बारीबाटै काँक्रा बिक्री हुने गरेको छ ।

उहाँले समूहमा आवद्ध महिलाहरूले नै बारीबाट काँक्रा खरिद गरेर बजारमा बिक्री गरी राम्रो आम्दानी गरिरहेका बताउनुभयो । “उत्पादन भएका काँक्रा बिक्री हुँदैन की भनेर चिन्ता गर्नुपर्दैन समूहकै महिलाले प्रतिकेजी रु ८० का दरले बारीबाटै खरिद गरेर लानुहुन्छ” अध्यक्ष श्रेष्ठले भन्नुभयो,“सोही काँक्रो स्थानीय बजारमा बिक्री गरेर जीविकोपार्जनको आधार बनिरहेको छ ।”

विसं २०७४ मा कारितास नेपालको सहयोगमा स्थापना भएको किसान समूहमा हाल बीस जना सदस्य आवद्ध छन् । समूहकी सचिव सोनिया सुनारले प्रत्येक शनिबार घरको सबै काम पन्छ्याएर बारिको माटोमा पसिना चुहाउँदा राम्रो आम्दानी हुने गरेको बताउनुभयो । “संस्थामा आवद्ध सदस्य हप्ताको एक दिन बारिमा जम्मा हुन्छौँ, आवश्यक मल पनि घरबाटै बोकेर लैजाने गरेका छौँ” उहाँले भन्नुभयो,“कुनै पनि विषादि प्रयोग गरेका छैनौँ उत्पादित अर्गानिक काँक्रो बजारमा पठाउँन पाउँदा खुसी लागेको छ । यसले बेरोजगार भएर घरमै बस्दै आएका महिला हाल तरकारी उब्जायर आफूलाई आवश्यक पैसासमेत कमाउन थालेका छौँ ।”

सचिव सुनारका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिला सङ्गठित भएर कृषि गर्दै आएका छन् । उहाँहरूलाई बेलाबेला अघिल्लो वर्ष पोखरा महानगरले रु १० हजार आर्थिक सहयोगसमेत गरेको थियो । “आधुनिक कृषिऔजार, मल, बीउलगायत अत्यावश्यक सुविधा पाउने हो भने खेती विस्तार गर्दै जाने सोचमा छौँ । त्यसले हाम्रो आम्दाी वृद्धिमा पनि सहयोग पुग्थ्यो । हाल वार्षिक तीनदेखि चार लाखसम्म आम्दानी गर्दै आएको छौँ ।”

सामूहिक कृषिखेती सुरू भएपछि एकतिर समूहमा आवद्ध महिलाले घरमा मौसम अनुसारका तरकारी लिन पाएका छन्, अर्कोतिर सामूहिक खेती सिकाइको पाठशालासँगै आयआर्जनको माध्यम पनि बन्दै गएको छ । कोषाध्यक्ष चन्द्रा भट्टराईले समूहमा जम्मा भएको रकम आयआर्जनका लागि आवद्ध सदस्यलाई एक प्रतिशत व्याजमा लगानी गर्ने गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार समूहको कोषमा अहिले रु एक लाख ५० हजार रहेको छ भने एक वर्षअघि सङ्कलित रकमबाट प्रत्येक सदस्यलाई पाँच हजारका दरले वितरण गरिएको थियो । समूहले अध्ययन अवलोकन भ्रमण तथा रमाइलो वनभोजसमेत आयोजना गर्ने गरेको छ ।

रैथाने जातको धान संरक्षणमा समूह

सो समूह रैथाने जातको धान संरक्षण अभियानमा पनि जुटेको छ । काँक्रा लगाएको जग्गामा धानका जेठाबुढो, अनदी, कालो झिनुवा, वयर्नी, पहेँलेलगायतका जात रोप्ने तयारी भएको जनाइएको छ । त्यसका लागि पोखरा महानगरपालिकाले उपलव्ध गराएको बीउ रादिएको छ । समूहका प्रत्येक सदस्यले डोकोमा मल र हातमा खन्ने औजार लिएर बारिमा धानको बीउ राखेका र अब परीक्षणका रूपमा पहिलो पटक धान रोपाइ गर्ने तयारी भइरहेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले नेपाल सरकारले सूचीकृत गरेका खान नरम र स्वादिष्ट धानको जात संरक्षण गर्ने उद्देश्यका साथ विभिन्न पाँचवटा कृषि सेवा केन्द्रमार्पmत परीक्षणका लागि नि:शुल्क बीउ प्रदान गरिएको जानकारी दिनुभयो । छोटो समयमा बढी उत्पादन हुने हाइब्रिड धानमा किसानको आकर्षण बढेपछि स्थानीय जातका धान लोप हुने अवस्थामा पुगेकाले स्थानीय जातको संरक्षणका लागि किसानलाई बीउ वितरण गरिएको उहाँले बताउनुभयो । रासस