१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ

चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा

चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा
अ अ+ अ-

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्णविद्युतिकरण पालिका घोषणा गरिएको छ ।

शनिवार गाउँपालिकाको वडा नम्वर १ कालिङमा आयोजित एक कार्यक्रममार्फत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पालिकालाई पूर्णविद्युतिकरण घोषणा गर्नुभएको हो ।

गाउँपालिका पूर्णविद्युतिकरण भएसँगै स्थानीयहरु हर्षित भएका छन् । गाउँपालिकालाई पूर्णविद्युतिकरण घोषणा कार्यक्रममा बोल्दै निर्देशक घिसिङले प्राधिकरण देशव्यापी विद्युतिकरणको अभियानमा लागेको भन्दै शतप्रतिशत विद्युतिकरणको अन्तिम चरणमा रहेको बताउन ुभयो । उहाँले इच्छाकामनामा पूर्णविद्युतिकरण भनेपनि घरघरमा बिजुली बाल्न केही समय लाग्ने बताउनु भयो । कार्यकारी निर्देशक घिसिङले घरघरमा पोल र तार पुगिसकेको हुनाले पूर्णविद्युतिकरण घोषणा गरिएको बताउनु भयो । उहाँल मिटर वितरण र मिटर जोड्ने कामलाई तिब्रता दिने भन्दै गाउँपालिकाले सहजिकरण गर्न आवश्यक रहेको बताउनु भयो ।

निर्देशक घिसिङले विपन्न समुदाय बसोवास गर्ने ठाउँमा अन्तिम चरणमा विद्युतिकरण भइरहेको भन्दै विपन्न वर्गमा नि:शुल्क मिटर बक्स वितरण गरेको बताउनु भयो । इच्छाकामनामा विद्युतिकरणको काम सम्पन्न गर्न तदारुकताका साथ काम गरिएको भन्दै गाउँपालिकाले धेरै सहयोग गरेको उहाँको भनाई छ । उहाँले बिजुली नपुगेको ठाउँमा बत्ती बाल्ने प्रमुख दायित्व प्राधिकरणको भएको भन्दै एक वर्षभित्र देशका शतप्रशितमा ठाउँमा बिजुली बाल्ने बताउनु भयो । उहाँले पहिले विद्युत माग्दै नागरिक प्राधिकरणमा धाउनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले २० युनिटसम्मको बिजुली महिनाको जम्मा ३० रुपैयाँमा उपलब्ध गराएको निर्देशक घिसिङले जानकारी दिनुभयो । उहाँले इच्छाकामनामा विद्युत मर्मत सम्भारका लागि सानो युनिट खोल्ने तयारी गरिएको भन्दै यहाँका चेपाङलाई नै रोजगार दिने बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पछिल्लो एक वर्षमा इच्छाकामनामा दु्रत गतिमा विद्युतिकरणको काम गरिएको बताउनु भयो । उहाँले विद्युत प्राधिकरण र स्थानियको सहयोगको कारण समयमै काम सम्पन्नको चरणमा रहेको बताउनुभयो । अध्यक्ष गुरुङले विशेष गरेर चेपाङ बस्ती रहेको वडा नम्बर १ र २ मा बिजुली पुग्न नसकेको क्षेत्रको विद्युत पुर्‍याउन पालिकामा एक वर्षको प्राप्त हुने बजेट बराबरको बजेट विद्युत प्राधिकरणबाट प्राप्त भएपछि सम्भव भएको बताउनु भयो । उहाँले गाउँपालिका र प्राधिकरणबाट विपन्नलाई नि:शुल्क मिटरबक्स, तार र केही एमसिबी समेत वितरण गरिएको अध्यक्ष गुरुङले बताउनु भयो । लालपूर्जा नभएकालाई मिटरबक्सका लागि एक हजार धरौटी राख्ने व्यवस्था रहेकोमा अवस्था हेरेर तिर्न नसक्ने विपन्नका लागि गाउँपालिकाले नै जम्मा गरिदिने उहाँले बताउनु भयो ।

इच्छाकामना गाउँपालिकामा करिव ६२ सय घरधुरी छन् । गाउँपालिकामा विद्युतिकरणका लागि १५ करोड ४७ लाख खर्च भएको भएको छ । त्यसमा वडा नम्बर १ मा १ करोड ७५ लाख,वडा नम्बर २ मा ४ करोड ६७ लाख,वडा नम्बर ३ मा ४६ लाख,वडा नम्बर ४ मा १ करोड २४ लाख,वडा नम्बर ५ मा १ करोड ८ लाख,वडा नम्बर ६ मा ५ करोड ७१ लाख र वडा नम्बर ७ मा ५३ लाख बजेट विनियोजन भएको थियो । यस योजनाअन्तर्गत पालिकामा २५ सय पोल गाडिएको र १३ वटा ट्रान्सफर्मर थपिएको छ । प्राधिकरणको निर्देशनअनुसार नै चेपाङ समुदायलाई नि:शुल्क मिटरबक्स उपलब्ध गराइरहेको छ । पूर्णविद्युतिकरण घोषणा कार्यक्रममा स्थानियलाई नि:शुल्क मिटरबक्स समेत वितरण गरिएको थियो ।