१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ

सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई

सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई
अ अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउने बताउनुभएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले सत्ता समिकरण सुविधाजनक बहुमतमा भएको बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिन प्रतिनिधि सभामा पत्राचार गर्नुभएको भन्दै प्रधानमन्त्रीले सुविधानजनक बहुमतका साथ विश्वासको मत पाउने बताउनु भयो । उहाँले सरकारले अध्यादेशमा बजेट ल्याउने नसोचेको भन्दै मुलुक अध्यादेशमा जान्छ जाँदैन भन्नेकुरा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा निर्भर भएको बताउनु भयो । उहाँले सरकारी समस्याको सन्दर्भमा कुनै खास व्यक्तिलाई केन्द्रित गरेर छानविन समिति बनाउन सत्तापक्ष सहमत नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘मलाई विश्वास छ कि आज र भोलिका सम्वादहरुले नेपाली काँग्रेसले आफ्नो हठ बाट पछाडी हट्ने छ । र हामी सत्तापक्षले पनि केही लचकताका साथ प्रश्तुत हुन्छौँ । हाम्रो भनाई त्यही छ, कुनैपनि समस्याको समाधान गर्न समितिहरु बन्न सक्छन् । छलफलहरु हुन सक्छ । सहकारीको विषयमा । अरु विषयमा । तर निश्चित व्यक्तिलाई केन्द्रीत गरेर समिति बन्ने कुरा त्यो संसदीय अभ्याससँग मिल्दोजुल्दो कुरा होइन । समग्र सहकारीको अध्ययन गर्न समिति बन्न सक्छ ।’

‘त्यसमा हामी लचक छौँ । तर व्यक्ति केन्द्रित भएर जसरी खास व्यक्तिमा केन्द्रित गर्ने भन्ने नेपाली काँग्रेसको कुरामा सहमत छैनौँ । हामी हुन सक्दैनौँ । ७ गते विश्वासको मत लिने एजेण्डा छ । अहिलेको राजनीतिक समिकरण, सत्ता समिकरणसँग संसदमा सुविधाजनक बहुमत छ । त्यो सुविधाजनक बहुमत ७ गतेपनि प्रकट हुन्छ । ७ गते पुन: प्रधानमन्त्रीमाथि विश्वासको मत छ भन्नेकुरा संसदले जायर गर्छ । अध्यादेशमा बजेट ल्याउने सोचेका छैनौँ । अध्यादेशमा मुलुक लान्छ लादैन भन्ने कुरा नेपाली कांग्रेसमा निर्भर छ ।’

सांसद भट्टराईले आईतवारसम्ममा नेपाली काँग्रेस आफ्नो हठबाट पछि हट्ने विश्वास व्यक्त गर्नुभयो ।