२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । भन्सार छली गरेर ल्याइएको सुन सम्बन्धित व्यक्तिलाई नदिई आफैँले राख्ने उद्देश्यले लुटिएको नाटक गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाम घर भई बिर्तामोड झापा बस्ने सूर्यबहादुर समाल मगर पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनी विदेशबाट आएको दोस्रो दिन जेठ २ गते आफू लुटिएको भनी घाउचोटसहित ललितपुरको गोदावरीस्थित सडकको नालीमा बसेको अवस्थामा भेटिएका थिए ।

उद्धारका लागि गएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा नाटक गरेको पत्ता लागेपछि प्रहरी नै छक्क परेको थियो । अनुसन्धान टोलीले उनीसँग सोधपुछ गर्दा जेठ १ गते बिहान कतारबाट फर्किएको र राजस्व छली गरी ल्याइएको सुन सोही दिन झापाको बिर्तामोडस्थित घरमा पुर्याएको बयान दिएका छन् ।

त्यसपछि सुन आफ्नो बनाउने योजना बुनेर उनी जेठ २ गते जहाजमार्फत काठमाडौँ आई ललितपुरको गोदावरीस्थित सडक किनारको नालीमा बसेका थिए । अपरिचित व्यक्ति घाइते अवस्थामा लडिरहेको भन्ने सूचना आएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट उनलाई उद्धार गरी नमस्ते मेट्रो अस्पतालमा प्राथमिक उपचार गरेको थियो ।

सोही दिन प्रहरीमा ल्याएर अनुसन्धान गर्दा आफूले आफैँलाई शरीरमा चोटपटक लगाई हातखुट्टा बाँधेर गोदावरीस्थित सडक किनारको नालीमा बसेको भेटिएको रेग्मीले बताउनुभयो ।

उक्त सुन इलाका प्रहरी कार्यालय, अनारमनी बिर्तामोड झापाको समन्वयमा निजको घर कोठाको खानतलासी गरी बरामद गरिएको छ । उनका साथबाट सुनको ब्रासलेट एक थान, सुनको बेरुवा औँठी एक थान, मोबाइल एक थान र ल्यापटप बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस