१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल

युक्रेन युद्ध छिट्टै अन्त्य हुन सक्छ, रुससँग वार्तापछि राष्ट्रपति जेलेन्स्कीले दिए ठूलो सङ्केत

युक्रेन युद्ध छिट्टै अन्त्य हुन सक्छ, रुससँग वार्तापछि राष्ट्रपति जेलेन्स्कीले दिए ठूलो सङ्केत
अ अ+ अ-

एजेन्सी

किभ । युक्रेन र रुसबीचको पछिल्लो वार्तापछि तनाव कम हुँदै गएको देखिन्छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तीन साता लामो युद्धपछि रुसले वार्ताका क्रममा अब ‘अझ यथार्थपरक’ मागहरू गरिरहेको बताएका छन्। 

उनले दुई पक्षबीच वार्ताका लागि थप समय आवश्यक रहेको बताए । जेलेन्स्कीको भनाइले युक्रेनले अब रुसका मागहरू स्वीकार गर्नेबारे विचार गर्न सक्ने सङ्केत गर्छ।

यसअघि जेलेन्स्कीले आफ्नो देश अब नेटोमा सामेल हुने विचार नगरेको बताएका थिए । हिजो राति जारी गरिएको पछिल्लो भिडियो विज्ञप्तिमा जेलेन्स्कीले भने, “बैठक चलिरहेको छ र मलाई वार्ताको क्रममा मनोवृत्ति अझ यथार्थवादी भएको बताइयो। तर युक्रेनको हितमा कुनै निर्णय लिनुअघि थप समय चाहिन्छ।”

जेलेन्स्कीले पश्चिमी देशहरूलाई युक्रेनलाई थप हतियार आपूर्ति गर्न र रुसमाथिको प्रतिबन्धको सङ्ख्या बढाउन पनि आग्रह गरे।

‘युक्रेनको आकाशमा नो–फ्लाई जोन बनाइयोस्’

जेलेन्स्कीले रुसी क्षेप्यास्त्र र लडाकु विमानलाई रोक्न युक्रेनको आकाशमा नो–फ्लाई जोन बनाउनु पर्ने माग फेरि दोहोर्‍याए। युद्धको २१ औं दिनमा रुसी सेनाले युक्रेनमा धेरै गहिरो घुसपैठ गर्न नसके पनि सहरहरूमा भारी गोलीबारी गरिरहेको उनले बताए ।

यसैबीच युक्रेनी सेनाले खार्किभमा रुसी सैन्य आक्रमणलाई असफल बनाएको बताएको छ। युक्रेनी सेनाले रुसी सेनालाई पुरानो बेसमा धकेलिएको बताएको छ ।

यसैबीच युक्रेनको राजधानी कीभका मेयर भिटाली क्लित्सकोले मङ्गलबार जनताका लागि ३५ घण्टाको कर्फ्यू घोषणा गर्दै ‘आज कठिन र खतरनाक क्षण हो’ भनेर चेतावनी दिएका छन्।
 
उनको यो भनाइ रुसी हवाई आक्रमणले आवासीय भवन र मेट्रो स्टेशनलाई रातभर प्रभावित गरेपछि आएको हो। आपत्कालीन सेवाहरूले शहरको एउटा अपार्टमेन्ट ब्लकमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको बताएका छन्।

युक्रेनको राजधानीमा भर्खरै भएको बम विष्फोटपछि अहिले कर्फ्यू लगाइएको छ । “बम सेल्टरहरू बाहेक विशेष अनुमति बिना शहर वरिपरि हिँड्न निषेध गरिएको छ”,  क्लित्सकोले भने।

‘राजधानी युक्रेनको मुटु हो, यसलाई सुरक्षित गरिनेछ’

मेयरले भने, “राजधानी युक्रेनको मुटु हो, यसलाई संरक्षण गरिनेछ। अहिले युरोपको स्वतन्त्रता र सुरक्षाको प्रतीक भएको किभलाई हामी त्यसै छोड्ने छैनौँ।”

क्लित्सकोले, “आज कठिन र खतरनाक क्षण हो। त्यसकारण म सबै किभबासीहरूलाई दुई दिन घरभित्र बिताउन तयार हुन भन्छु, वा साइरन बज्यो भने, आश्रयमा जानुहोस्।”

बिबिसीको रिपोर्टअनुसार पूर्वी युक्रेनी सहर डिनिप्रोमा रहेको एउटा विमानस्थलमा रुसी मिसाइल प्रहार भएको छ । निप्रोपेट्रोव्स्क क्षेत्रीय राज्य प्रशासनका प्रमुख भ्यालेन्टिन रेज्निचेन्कोले त्यहाँ ‘ठूलो विनाश’ भएको बताएका छन्।

युक्रेन सङ्कट समाधानमा किभ गम्भीर छैन : पुटिन

अर्कोतर्फ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली परिषद्का प्रमुख चाल्र्स मिशेलसँगको वार्ताका क्रममा किभले मस्कोसँगको वार्तामा पारस्परिकरूपमा स्वीकार्य समाधान खोज्नेतर्फ गम्भीर मनोवृत्ति नदेखाएको बताए ।

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले पुटिनले रुसको मागलाई ध्यानमा राखेर सम्झौताहरू विकास गर्न रुसी–युक्रेनी वार्ताको आधारभूत रेखाङ्कन गरेको बताएको छ।