३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनामा गयो ६.४ म्याग्नीच्युडको भूकम्प



अ+ अ-

ब्युनस आयर्स । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । 

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो । तर उक्त क्षेत्रमा कुनै क्षति भए नभएको बारेमा केही थाहा भइनसकेको प्रहरीले जनाएको छ । 

भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्प गएको थियो । यो भूकम्प जमिनको सतहबाट करिब २० किलोमिटर गहिराईमा गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । 

भूकम्पको केन्द्र सान जुआन प्रान्तको पोसिटी नगर क्षेत्र नजिक रहेको थियो । यो ठाउँ अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सबाट करिब एक हजार किलोमिटर टाढा छ । 

भूकम्पका कारण सान जुआन प्रान्तका कतिपय शहर बजारमा केहीबेर विद्युत आपूर्ति बन्द भएको थियो । 

भूकम्पको धक्का मेन्डोजा, कोर्डोबा, सान्ता फे, ला रियोजो र ब्युनस आयर्स प्रान्तमा पनि महशुस गरिएको थियो । रासस