काठमाडौं । नेकपाका प्रचण्ड–नेपाल समुहको आन्दोलनले सर्वसाधरण तथा यात्रुहरुले सास्ती खेप्नु परेको छ । शुक्रबार एक लाख बढी कार्यकर्ता सहित विरोध प्रदर्शन गर्न लागेको प्रचण्ड–नेपाल समुहको आन्दोलनका कारण सर्वसाधरण तथा यात्रुहरुले सास्ती खेप्नु परेको हो ।
कयौं यात्रुहरु आफ्नो गन्तव्यसम्म पग्नका लागि सार्वजनिक यातायातलाई कुरेर बसेको देखिन्छ तर र्यालीले गर्दा यातायात सबै ठप्प भएको छ । संसद विघटन असंवैधानिक भएको भन्दै आन्दोलनरत प्रचण्ड–नेपाल समूहले आज आज बिहान ११ बजे राजधानीका बिभिन्न ९ स्थानबाट जुलुस निकालिएको हो ।
माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्कने भएको कारण यी क्षेत्रका सबै यातायात सेवा प्रभावित बनेको छ ।
हेरौ तस्विरहरु…
















