२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने

महानगरले नमूना परियोजनाअन्तर्गत २५ वटा सामुदायिक विद्यालयमा आविष्कार क्लव सञ्चालन गर्ने

महानगरले नमूना परियोजनाअन्तर्गत २५ वटा सामुदायिक विद्यालयमा आविष्कार क्लव सञ्चालन गर्ने
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका २५ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार क्लव (स्टीम क्लब)  कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको छ । महानगरको सहरी योजना आयोगले पहिलो चरणमा छनौट गरिएका विद्यालयसँग सम्झौता गरेको छ । 

राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले प्रधानाध्यापकहरुलाई सम्झौता पत्र प्रदान गर्नुभयो । त्यसै गरी प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौताबमोजिम विद्यालयलाई दिइने १ लाख रुपैयाँ अनुदान रकममध्येको ८५ प्रतिशत रकम उल्लेख गरिएको चेक प्रदान गर्नुभयो । 

प्रयोगात्मक र सहभागितामुलक सिकाइ पद्धतिबाट विद्यार्र्थीमा विज्ञान तथा प्रविधिका बारेमा जिज्ञासु बनाउन, व्यक्तिगत अभिरुचिको विकास र प्रयोगका लागि मञ्च उपलब्ध गराउन, आविष्कारमुलक सिकाइको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रा थालिएको हो । 

सम्झौता र चेक प्रदान गरिसकेपछि प्रतिक्रिया दिँदै महानगरपालिकाका मेयर शाक्यले नयाँ सोचका साथ ल्याइएको कार्यक्रमलाई व्यवहारिक रुपमा लागु गर्न विद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गनुभयो । ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढाउने क्रममा नयाँ सोचका साथ महानगरले यो कार्यक्रम ल्याएको हो । यसलाई व्यवहारिक रुपमा लागु गर्न तपाईँहरु लाग्नुहोला ।’ यसको परिणामबाट सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढ्नु पर्छ । नयाँ सामुदायिक विद्यालय स्थापना गर्न माग आउनुपर्छ । मेयर शाक्यले भन्नुभयो, ‘सामुदायिक विद्यालयका शिक्षकले निजी विद्यालयमा विद्यार्थीको चाप बढी भयो भनेर चिन्ता लिने होइन । गुणस्तरीय शिक्षाका लागि योगदान दिएर सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउनतर्फ केन्द्रीत हुनुपर्छ ।’ 

काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतकाअनुसार यस कार्यक्रममा कक्षा ५ देखि ९ सम्मका विद्यार्थी सहभागी हुन पाउँछन् । पाठ््यक्रममा समावेश भएका विषयलाई रुचीअनुसार एकल वा सामुहिक सिकाइ प्रवर्धनमा कार्यक्रमको योगदान रहनेछ । उहाँ भन्नुहुन्छ — ‘असार मसान्तभित्र हामी सहभागी विद्यार्थीलाई कुनै एक समस्या दिएर रचनात्मक समाधान गर्ने आविष्कार मेलाको आयोजना गर्छौं । त्यहाँ सिकेको ज्ञान र सीपको प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्र्धाबाट कार्यक्रमको प्रभावकारिता मुल्याङ्कन हुनेछ । यसबाट प्राप्त नजिताबाट आगामी दिनमा कसरी अघि बढ्ने भन्ने योजना तय हुनेछ ।’ मेलामा समस्याको उत्तम समाधान निकाल्ने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने छ । 

कार्यक्रमका लागि शिवपुरी माध्यमिक विद्यालयलाई हव विद्यालयका रुपमा छनोट गरिएको छ । विज्ञान शिक्षकविच कार्यशाला वा भेला गराउने, विद्यालयहरुकाविच समन्वय गर्ने, कार्यक्रमको अनुगमन गर्ने, प्रतिवेदन लेखनमा सहजीकरण गर्ने जस्ता काम हव बिद्यालयले गर्नेछ । यसका लागि थप १ लाख रुपैयाँ अनुदान दिइएको छ । 

सहरी योजना आयोगको सचिवालय प्रमुख डिल्लीराम बास्तोलाकाअनुसार छनौटमा परेका विद्यालयलाई अहिले ८५ हजार रुपैयाँ अनुदान दिइएको छ । क्लव गठन गरेर सिकाइका कार्यक्रम अघि बढाएपछि विद्यालयबाट पेश हुने प्रतिवेदन प्राप्त भएपछि थप १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।