३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पर्यटकको पर्खाइमा मनमोहक ‘निसराङ्ग ताल’, यसरी पुग्न सकिन्छ निसराङ्ग तालमा

पर्यटकको पर्खाइमा मनमोहक ‘निसराङ्ग ताल’, यसरी पुग्न सकिन्छ निसराङ्ग तालमा
अ+ अ-

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका र धार्चे गाउँपालिका प्राकृतिक हिसावले आफैमा सुन्दर र मनोरम छ । प्राकृतिक सौन्र्दयताले भरिपूर्ण उच्च हिमाली क्षेत्रमा पर्ने यि दुई गाउँपालिका धार्मिक, सांस्कृति तथा प्राकृतिक रुपमा धनी गाउँपालिका भित्र पर्छन । भौगोलिक रुपमा बिकट भएपनि पर्यटकिय क्षेत्रका हिसावले धार्चे र चुमनुव्री गाउँपालिका पर्यटकहरुको रोजाईमा पर्ने जिल्लाका प्रमुख दुई गाउँपालिका हो । पर्यटकिय हिसावले धार्चेमा रहेको क्यान्टी लिभर पुल, तातोपानी कुण्ड, धार्चे डाँडा, गणेश हिमाल, कलकाङ्ग  (रक क्लाईम्बिङ्ग प्यारग्लाइडिङ्ग ) क्षेत्र, न्याउली झरना, लाप्राकको एकिकृत नमुनाबस्ती प्रमुख पर्यटकिय गन्तव्यका रुपमा बिकसित भइसकेको छन् ।

चुमनुव्री गाउँपालिकाको चुम भ्याली त झनै जिल्लाको उत्तर पूर्वी क्षेत्रमा पर्ने प्राचिन बौद्ध संस्कृतिले भरिएको सांस्कृति उपत्यका नै हो । त्यहाँ रहेका पुरातात्विक, धार्मिक तथा ऐतिहासिक बौद्ध गुम्बाहरुले त्यहाँ पुग्ने कुन पर्यटकको मन नजित्ला र । करिब ७ सय बर्ष पुरानो प्राचिन बौद्ध गुम्वा, चुम भ्यालीको शान्ति प्रिय संस्कार र संस्कृति, बौद्ध धर्म सम्बन्धी प्राचीन मानी, कानी, छयोर्तेन, चैत्य, स्मारक र तिव्बती संस्कृति तथा पहिचानका कारण चुमनुव्री उपत्यका पनि पर्यटकहरुको आर्कषणको केन्द्र बन्दै गएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले बताउनुहुन्छ ।

धार्चे र चुमनुव्री गाउँपालिकाकामा अन्य आर्कषक पर्यटकीय स्थलहरु पनि छन् जुन प्रचार–प्रसार अभाव ओझेलमा अझै पनि पर्दै आएका छन् । दुई गाउँपालिकाको संगम स्थलको रुपमा रहेको ‘निसराङ्ग ताल’ त्यस क्षेत्रका प्रमुख पर्यटकिय सम्भावना बोकेका एउटा प्रमुख गन्तव्य स्थल हो । समुन्द्र सतहबाट झण्डै ४ हजार ७ सय मिटर उचाईमा रहेको वरपर साना ठूला थुपै हिमश्रृखला बिचमा मनोरम दृष्य देखिने निसराङ्ग तालको सौन्र्दयताले धार्चे र चुमनुव्री गाउँपालिकाको प्राकृतिक सौन्र्दयतामा झनै सुनमा सुगन्ध थपिए जस्तै बनाई दिएको छ ।

कुल ३ दशमलब ३ किलोमिटर क्षेत्रफलमा फैलिएको निसराङ्ग ताल घुम्न पर्यटक ताल वरपर मात्र करिब ३ घण्टा खर्च गर्नैपछ । बिहानको सूर्योदय र साँझको सर्योअस्तको समयमा निसराङ्ग तालमा टल्कने सौर्य किरणले तालको सुन्दरतालाई अझै बढी झल्काई दिने गरेको स्थानीयबासीहरु बताउँछन् । यो ताललाई स्थानीय भाषामा ‘निसराङ्ग च्छो’ भनेर चिनिने गरेको चुमनुव्री गाउँपालिका–३ का वडाध्यक्ष रामकुमार गुरुङले जानकारी दिनुभयो । चुमनुव्री गाउँपालिकाको–३, सिर्दिबास र धार्चे गाउँपालिका–३ उहिँयाको सिमानामा पर्ने यो ताल प्राकृतिक हिसावले सुन्दर त छदैछ त्यस बाहेक धार्मिक हिसावले पनि निसराङ्ग ताल उत्तिकै महत्वपूर्ण रहेको मानिन्छ ।

स्थानीय गुरुङ्ग भाषामा निसराङ्ग भन्नाले मनको कामना र च्छो भन्नाले ताल भन्ने बुझिन्छ अर्थात मनको कामना पुरा गर्ने तालका रुपमा त्यस क्षेत्रका स्थानीयबासीले निसराङ्ग ताललाई चिन्ने गरेका छन् । ‘बिशेष गरि छोरा छोरी नहुनेहरु जसरी पनि एक पटक यो तालमा पुग्नैपर्छ भन्ने स्थानीयको मान्यता रहेको वडाध्यक्ष गुरुङ बताउनुहुन्छ । ‘सन्तान नहुनेहरु त्यहाँ गएर पुजापाठ गरेपछि सन्तान हुन्छ भन्ने मान्यता पनि रहेको छ, उहाँले भन्नुभयो, त्यस कारण पनि पर्यटकिय हिसावले मात्र होइन धार्मिक हिसावले पनि निसराङ्ग तालको महत्व बेग्लै छ ।’    छोरी नहुनेहरु हसिँया र छोरा नहुनेहरु सानो चक्कु लिएर तालमा पुगेर बिधि पूर्वक पुजापाठ गरि फर्कने गरेको वडाध्यक्ष गुरुङको भनाई छ ।

ताल हेर्न पुग्ने पर्यटकहरुले ताल प्रवेशद्धारमा पुगेपछि अनिबार्य पुजाआजा गरेर मात्र तालमा घुमफिरका लागि प्रवेश गर्नुपर्ने मान्यता उस्तै रोचक छ । ताल प्रवेश गर्ने मूलद्धारामा प्राकृतिक रुपमा रहेका ठूला– ठूला चुच्चो ढुङगाका मूर्ति छ । जसलाई स्थानीयहरु चोम्पोलोङ र चम देवता भनि विश्वास गर्दछन् । जहाँ पुजापाठ नगरी भित्र प्रवेश गरेमा पानी पर्ने, असिना पर्ने, हावाहुरी चल्छ भन्ने धार्मिक बिश्वास रहदै आएको छ । यहि धार्मिक विश्वासका कारण त्यहाँ घुमघामका लागि पुग्ने गरेका आन्तरिक पर्यटकहरु चोम्पोलोङ र चम देवताको पुजा गरेर मात्र भित्र जाने गरेको वडाध्यक्ष गुरुङ बताउनुहुन्छ ।  निसराङ्ग ताल परिषरमा हरेक बर्षको जनैपूर्णिमाको दिन ठूलो मेला समेत लाग्ने गरेको उहाँले बताउनुभयो ।

‘मेला हेर्न तालमा नुहाउन जिल्ला भित्रका उहिँया, सिर्दीबासका बासिन्दासंगै केरौजा, काशिगाँउ गुम्दा, लाप्राक, बारपाक, घ्याचोक, चुम्चेत, बिही, प्रोक, छेकम्पार र लापुदेखिका मानिसहरु त्यहाँ पुग्छन् ’उहाँले भन्नुभयो,‘ तालको हेर्नका लागि मात्र पनि जात्राको मौका छोपेर मानिसहरु त्यहाँ पुग्ने गर्दछन ।’ सन्तान नहुनेहरु मात्र होइन सन्तान हुनेहरु पनि मनको कामना पुरा हुने विश्वासका साथ घर परिवार, अन्नबाली, पशुबस्तुको राम्रो होस् भन्नका लागि ‘निसराङ्ग ताल’ पुग्ने गरेको स्थानीबासी, संस्कृतकर्मी, सामाजिक अभियान्ता बिरबल घलेको भनाई छ ।

कोही कोहीले निसराङ्ग ताललाई दुध पोखरी भनेर नामले पनि सम्बोधन गर्ने गर्छन् । तालको छेवैमा रहेको अनौठो देखिने ढुङ्गाको चुचुरा पनि त्यहाँ पुग्ने पर्यटकहरुका लागि अर्को आर्कषणको केन्द्र बन्ने गरेको उहाँले बताउनुभयो । त्यही ढुङाको छेवैमा देउराली (ढुङै ढुङ्गाको चाङ) मण्डप बनाएर स्थानीयहरुले पुजा गर्दै आएको अभियान्ता घलेले जानकारी दिनुभयो । अर्को अनौठो कुरा के छ भने त्यहाँ पुग्ने पर्यटकले असोजदेखि करिब माघको अन्तिमसम्ममा निसराङ्ग तालमा पानी देख्न पाउदैन । ‘यो अबधीमा ताल पुरै जमेको अबस्था हुन्छ स्थानीयबासी घलेले भन्नुभयो, त्यस बाहेकको बाँकी अबधीमा मात्र निसराङ्ग तालमा पानी देख्न पाइन्छ ।’ निसराङ्ग तालको पानी तालदेखि करिब १ किलोमिटर वर जमिन मुनीबाट निस्कने गरेको स्थानीयहरु बताउछन् ।

‘तालको पानी धेरै वर जगत भालवाङबाट निस्किएर बुढी गण्डकी नदीमा मिसिने गरेको अनुमान गरिएको छ, घलेले भन्नुभयो, त्यो बिचको भागमा भने कतै पानी बगेको देख्न पाइदैन ।’ सुन्दर र मनमोहक ताल भएपनि प्रचार प्रसारको अभावमा बाहिर ल्याउन नसक्दा दुवै गाउँपालिकाले पर्याप्त फाइदा लिन नसकेको उहाँको भनाई छ । निसराङ्ग तालमा पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्न सके त्यस क्षेत्रका बासिन्दाहरुले रोजगारी पाउनुका साथै धार्चे र चुमनुव्री गाउँपालिकाको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो ।

निसराङ्ग ताललाई हामीले हाम्रो गाउँपालिकाको एउटा महत्वपूर्ण गन्तव्यको रुपमा बिकास गर्न चाहेका छौ, उहाँले भन्नुभयो, ‘यो तालको संरक्षण, सम्र्बद्धन र प्रचार–प्रसारका लागि योजना निर्माण गरि रहेको छौ । निसराङ्ग तालको स्वदेश तथा बिदेशमा चिनाउन दुवै गाउँपालिकाले संयुक्त रुपमा योजना निर्माण गरेर अघि बढ्नुपर्नेमा अध्यक्ष गुरुङले जोड छ । निसराङ्ग ताल हेर्न जाने चाहानेहरुका लागि करिब ६ दिन समय छुट्याउनु पर्छ । एकदिनको सवारी यात्रा र बाँकी ५ दिन पैदल हिडेपछि मात्र निसिराङ्ग पुग्न सकिन्छ ।

कसरी पुगिन्छ निसराङ्ग ताल : निसराङ्ग ताल घुम्न जान चाहने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि हरेक बर्षको असोज कात्तिक र मंसिरमा सवै भन्दा बढी उपयुक्त हुने वडाध्यक्ष वडाध्यक्ष गुरुङको जानकारी दिनुभयो । अरु समय पनि घुमघामका लागि उपयुक्त नै छ, उहाँले भन्नुभयो तर अरु महिनाको तुलनामा यो समयमा मौसम हावापानी बढी उपयुक्त हुन्छ । निसराङ्ग ताल पुग्नका लागि त्यहाँ जाने पर्यटकहरुले  गोरखा सदरमुकामदेखि तातोपानीसम्म सवारी साधानमा यात्रा गर्न पाउछन् । त्यहाँदेखि भने पदैल यात्रा गर्दै निसराङ्ग तालसम्म पुग्न सकिन्छ ।

तातोपानीबाट एकदिनको यात्रामा जगत पुग्न सकिन्छ, वडाध्यक्ष गुरुङले भन्नुभयो, त्यहाँबाट करिब चार घण्टाको पैदल यात्रा गरेपछि रोल्पाडाँडा पुगेसंगै रोल्पा डाँडाबाट गणेश हिमाल र श्रृगी हिमाल दृष्याबलोकन गर्ने एउटा अबसर त्यहाँ पुग्ने पर्यटकहरुले पाउनेछन् । ’रोल्पा डाडाँबाट ताक्पुकसम्म दुई घण्टाको यात्रा तय गरेपछी पर्यटकहरु ताक्पुकमा भेडी खर्कहरुमा बास बस्नुपर्ने र अर्को दिन ताक्पुकबाट भुङरङ केही घण्टाको यात्रासंगै निरमसी चौरमा पुग्न सकिने उहाँले बताउनुभयो । निरमसी चौर उहियाँ र सिर्दीबासको भेडिखर्क हो ।

त्यहाँ पुगेपछि निसराङ जान समय अभाव हुने भएका कारण पर्यटकले एकरात त्यही बाँस बस्नुपर्ने हुन्छ । निरमसी चौरमा बाँस बस्ने पर्यटकहरुले गणेश हिमाल आमनेसामने देख्ने अबसर पनि पाउनेछन् । त्यति मात्र होइन निरमसी चौरमा दिनभरि थाकेका पर्यटकहरुको थकाईलाई त्यहाँ देखिने कस्तुरी, झारल लगायतका पशुबस्तु मेटाइदिन्छन् । आँखै अगाडी देखिने श्रृगी हिमालले त झनै पर्यटकहरुको मन भुलाईदिन्छ नै । कतिपय अबस्था हिमचितुवा समेत हेर्ने अबसर मिल्ने गरेको स्थानीयबासीको बताउछन् । भुङरङबाट हिडेपछि भने पर्यटक करिब २–३ घण्टामा निसराङ्ग तालमा पुग्न सक्छन् । निसराङ्ग तालमा पुगेपछि पर्यटकहरुलाई त्यहाँ प्राकृतिक सौन्र्दयताले भुलाई दिने उहाँले बताउनुभयो ।

तालको संरक्षणका लागि १ करोड बजेट बिनियोजन : निसराङ्ग तालको संरक्षणका लागि यस अघि बजेट बिनियोजन नभएको भएपनि प्रदेश सरकारले यो बर्षदेखि भने काम थालेको छ । प्रदेश सरकारले चालु आर्थिक बर्षमा तालको संरक्षणका लागि १ करोड रुपैया बजेट बिनियोजन गरेका चुमनुव्री गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो । ‘प्रदेश सरकारले ससर्त बजेट अन्र्तगत हस्तान्तरण गरेको कार्यक्रम हो, उहाँले भन्नुभयो, ‘अहिले तालको संरक्षण सम्र्बद्धनका लागि डिपिआर निर्माणको काम करिब अन्तिम चरणमा पुर्याई सकिएको छ ।’ पहिलो चरणमा त्यहाँ पुग्ने पर्यटकहरुको सुुबिधाका लागि फुट ट्रेल निर्माण, ताल वरपर र मुख्य–मुख्य स्थानमा आश्रय स्थल निर्माणलाई प्राथामिकतामा राखिएको उहाँले बताउनुभयो ।

त्यस बाहेक हेलिप्याड निर्माण लगायत काम अघि बढाउन लागिएको प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाको आफ््नै बजेटमा समेत तालको संरक्षण र प्रचार प्रसारका लागि योजना बनाई रहेको उहाँको भनाई छ । ‘गाउँपालिका मार्फत कन्सल्ट्यान्टले डिपीआरका काम लगभग सकेको छ, प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले भन्नुभयो, फाइनल रिर्पोट प्राप्त भएपछि अरु के–के काम गर्न सकिन्छ भन्ने टुङ्गो लाग्छ ।’उहाँले तालमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुका सुबिधाका लागी आवश्यक भौतिक संरचना निर्माणको काम सुरु भएसंगै ताल संरक्षण र प्रचार–प्रसारको तिव्र गतिमा अघि बढाउने बताउनुभयो । दीपक श्रेष्ठ /रासस