काठमाडौँ । आजबाट कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको छ। आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्नुभएको हो । प्रधानमनत्रीले खोपको शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइनेछ ।
तनहुँको दमौलीमा आजबाट शुरु भएको कोभिडविरुद्धको खोप लगाउँदै जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरी । पहिलो चरणमा तनहुँका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । 
तनहुँको दमौलीमा बुधबारदेखि शुरु भएको कोभिडविरुद्धको खोप लगाउँदै दमौली अस्पतालका स्वास्थ्यकर्मी पार्वती श्रेष्ठ । पहिलो चरणमा तनहुँका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । तस्वीर : कृष्ण न्यौपाने, दमौली
दमौलीमा बुधबार कोभिड–१९ विरुद्धको खोप लगाउँदै जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी । जिल्लाको दश पालिकामा करिब एक हजार सात जना स्वास्थ्यकर्मीलाई उक्त खोप दिने तयारी गरिएको छ । तस्बिरः सानेबहादुर नेपाली, रासस

भक्तपुर अस्पतालमा आज बाट कोभिड बिरुदको खोपको सुरुवात भयो । मेसु डाक्टर सुमित्रा गौतम, डाक्टर सुनिल धुङेल, डाक्टर कन्चन दाहाल, डाक्टर सुरज धौभडेल, नर्सिङ इन्चार्ज रोसनी श्रेष्ठबाट सुरु गरेको हो ।








