२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० वर्षको उपाधि खडेरी अन्त्य गर्दै एथ्लेटिक बिल्वाओले जित्यो कोपा डेल रे



अ+ अ-

काठमाडौँ । स्पेनिस कोपा डेल रे को उपाधि एथ्लेटिक बिल्वाओले जितेको छ । गएराति भएको फाइनलमा मलोर्कालाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै एथ्लेटिक बिल्वाओले ४० वर्षको उपाधि खडेरीको अन्त्य गर्यो ।

सेभियाको स्टेडिओ ला कार्तुजामा भएको फाइनलमा खेल निर्धारित समयमा र अतिरिक्त समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो ।

खेलको २१ औं मिनेटमा ड्यानी रोड्रीग्वेजले गोल गर्दै मल्लोर्कालाई सुरुवाती अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा बिल्वाओका ओइहान सान्सेटले बराबरी गोल फर्काए । मल्लोर्काका मानु मोर्लानेसले र नेमान्जा राडोनिचले पेनाल्टी मिस गर्न पुग्दा बिल्वाओ विजेता बन्यो ।