१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल, गुजरात र बरोडाबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट आजदेखि सुरु हुँदै



अ+ अ-

काठमाडौं । नेपाल, गुजरात र बरोडाबीचको त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आज आइतबारदेखि सुरु हुँदैछ ।

नेपालले आज पहिलो खेल गुजरातसँग खेल्दैछ । यो खेल दिउँसो सवा एक बजे सुरु हुनेछ ।

यस्तै नेपालले बरोडासङ्ग पर्सि खेल्नेछ । चैत २१ मा नेपाल र गुजरात तथा चैत २३ मा नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।

नेपाल क्रिकेट संघले यस खेलका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

नेपाली टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, आकाश चन्द ।