२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण

कुष्ठरोग उपचारमा वाग्मती प्रदेशमा ललितपुर पहिलो

कुष्ठरोग उपचारमा वाग्मती प्रदेशमा ललितपुर पहिलो
अ अ+ अ-

ललितपुर । आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सुक्ष्म कीटाणुबाट लाग्ने रोग हो कुष्ठरोग । यो एक किसिमको ज्यादै कम सर्ने रोग हो । 

पन्चानब्बे प्रतिशत मानिसमा कुष्ठरोगको कीटाणुसँग लड्नसक्ने क्षमता हुन्छ । चिकित्सकका अनुसार मानिसबाट मानिसमा सर्ने यो रोग उपचार नगरेको कुष्ठरोगी बिरामीसँग लामो समयसम्म (कम्तीमा हप्तामा २० घण्टाभन्दा बढी समयसम्म) सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट सर्दछ । शुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई सर्दैन । 

वाग्मती प्रदेशका १३ जिल्लामध्ये गोदावरी नगरपालिका–६ स्थित आनन्दवन अस्पताल कुष्ठरोगको निवारणमा पहिलो स्थानमा देखिएको छ । सो अस्पताल मुलुकको एक मात्र राष्ट्रिय स्थानान्तरण केन्द्र भएकाले यहाँ विभिन्न जिल्लाबाट उपचार गराउन आउनेको सङ्ख्या सबैभन्दा बढी रहेको अस्पतालले जनाएको छ । 

काठमाडौँ उपत्यकामा सञ्चालित आनन्दवन अस्पतालमा मुलुककै ७७ जिल्लाका मानिस कुष्ठरोगको उपचार गर्न आउने भएकाले अन्य जिल्लाभन्दा बढी बरामी यहाँ आउने गरेको अस्पतालका मेडिकल निर्देशक डा महेश शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “कुष्ठरोग उपचारका लागि राम्रो व्यवस्थापन भएकाले बाँकी जिल्लाभन्दा यस अस्पतालमा बिरामीको सङ्ख्या धेरै छ ।” 

अस्पतालका अनुसार गत आर्थिक वर्षमा अस्पतालबाट उपचार सेवा लिने नयाँ बिरामीको सङ्ख्या ११६, हाल उपचारमा रहेका २४३, १४ वर्ष मुनिका बालबालिका १२ र रोग लागेर अपाङ्गता भइसकेपछि मात्र उपचार गराउन आउनेका सङ्ख्या २१ छन् । त्यस्तै वाग्मती प्रदेशअन्तर्गत कुष्ठरोग निवारणमा दोस्रो स्थानमा रहेका चितवन जिल्लामा नयाँ बिरामीको सङ्ख्या ५२, हाल उपचारमा रहेका ५१ र १४ वर्ष सम्मका बालबालिकाको सङ्ख्या दुई रहेको छ । कुष्ठरोगको निवारणमा तेस्रो स्थानमा देखिएका धादिङमा नयाँ बिरामीको सङ्ख्या ११ र थप उपचारका लागि आठ बिरामीले सेवा लिएका छन् । 

यसैगरी काठमाडौँमा नयाँ बिरामी १०, उपचारमा रहेका २६ र १४ वर्ष मुनिका एक बालबालिका रहेका छन् भने सिन्धुलीमा नयाँ बिरामी सात र उपचारमा नौ बिरामी रहेको अस्पतालले जनाएको छ । यो प्रदेशको बाँकी सात जिल्लामध्ये पाँच जिल्लामा एकै तवरको कुष्ठरोगी सङ्ख्या भेटिन्छ भने रसुवा र सिन्धुपाल्चोकमा कुष्ठरोगी सङ्ख्या शून्य रहेको जनाइएको छ । यस प्रदेशभित्र गत आवमा पत्ता लागेका नयाँ बिरामी सङ्ख्या २०८, हाल उपचारमा रहेका ३६७, १४ वर्ष मुनिका बालबालिका १५ र अपाङ्गता भई रोग पत्ता लागेका बिरामीको सङ्ख्या २१ रहेको दि लेप्रोसी मिसनका देशीय निर्देशक शोभाखर कँडेलले बताउनुभयो । 

गत आवमा कुष्ठरोगको चाप उच्च रहेको जिल्लामा ललितपुर पहिलो नम्बरमा पर्छ । यहाँ चार दशमलव २८ प्रतिशत कुष्ठरोगका बिरामी रहेको अस्पतालले जनाएको छ । यसैगरी झापा र बाँकेमा एक दशमलव ५५ प्रतिशत, धनुषामा एक दशमलव ४७, नवलपरासी र पर्सामा एक दशमलव ३७, कैलालीमा एक दशमलव ३०, कपिलबस्तुमा एक दशमलव १० तथा रुपन्देही र अछाममा एक दशमलव ०१ प्रतिशत बिरामी रहेको मिसनका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “विगत ६५ वर्ष अघिदेखि कुष्ठरोग उपचारमा लागि परेको यस संस्थाबाट हालसम्म २१ हजार ४२४ ले उपचार सेवा लिइसकेको छ भने सन् २०२० मा आएका बिरामी सङ्ख्या ८५, वर्षदिनभरि औषधि खाने २२६, रोग लागेर सर्जरी गर्ने ८६, सामान्य शल्यक्रिया गर्ने एक हजार ३७०, अस्पतालको क्लिनिक र बहिरङ् सेवामा उपस्थित सङ्ख्या तीन हजार ६५० छ ।” 

यसैगरी अस्पतालमा भर्ना भई उपचार गराउने बिरामीको सङ्ख्या ४६७ रहेको तालीम संयोजक पोखरेलले जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनले दिएको तथ्याङ्कअनुसार सन् २०१९ मा एक हजार बढी नयाँ कुष्ठरोगी पत्ता लगाउने देश जम्मा १५ छन् । तीमध्ये नेपाल चौँथो स्थानमा पर्दछ । यसरी एक हजार बढी नयाँ कुष्ठरोगी पत्ता लगाउने देशमा भारत पहिलो नम्बरमा पर्दछ । भारतमा एक लाख १४ हजार ४५१, ब्राजिलमा २७ हजार ८६३, इण्डोनेसियामा १७ हजार ४३९ र नेपालमा तीन हजार ८४४ कुष्ठरोगी सङ्ख्या रहेको अर्का तालीम संयोजक राजकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दक्षिण एशियाका आठ राष्ट्रमध्ये भारत पहिलो नम्बरमा ९२ दशमलव ३० प्रतिशत कुष्ठरोग भएको मुलुक हो भने नेपाल ३ दशमलव १० प्रतिशत कुष्ठरोगी भएको दोस्रो मुलुक हो ।” 

हालसम्म नेपालमा कुष्ठरोगको औषधि सेवन गरी निको हुने सङ्ख्या करीब एक लाख ९५ हजार रहेको छ । सो रोगका कारण अङ्गभङ्ग हुनेको सङ्ख्या करीब तीस हजार रहेको थियो तर यसपटक कोरोनाका कारणले हरेक वर्ष नेपालमा तीन हजारभन्दा धेरै नयाँ बिरामी थपिने क्रम घटेर एक हजार ८५३ मा झरेको पौडेलले जानकारी गराउनुभयो । 

त्यसैगरी कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा, इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क हेर्दा गत आवमा मुलुकमा एक हजार ८५३, औषधि खाने कुष्ठरोगीको सङ्ख्या दुई हजार ४४ र १४ वर्ष मुनिका बालबालिका सङ्ख्या १४१ रहेको छ । कुष्ठ मानिसको छाला तथा स्नायू वा नशा प्रभाव पार्ने बैदिककालदेखिकै पुरानो रोग हो । समयमानै सो रोग पत्ता लगाई नियमित उपचार गरेमा पूरै निको हुने र अङ्गभङ्ग हुनबाट जोगिन्छ । कुष्ठरोगलाई कुष्ठि, कोढ, महारोग, सुनबैरि आदि नामले पनि चिनिन्छ ।

कुष्ठरोग बहुऔषधिको सेवनबाट नै ९९ प्रतिशत रोगका कीटाणुलाई शिथिल बनाई रोग अरुलाई नसर्ने हुन्छ । समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्णरुपमा निको हुने र मानिसमा अपाङ्गता हुँदैन । अरु जस्तै साधारण सरुवा रोग यसबाट प्रभावित व्यक्ति पनि देशका नागरिक हुन्, उसले पनि सम्मानपूर्वक आफ्नो परिवार र समाजमा जीवनयापन गर्न आउनुपर्छ । उपचारबाट पूर्णरुपमा निको हुने तथा समयमा उपचार गरेमा अपाङ्गता नहुने हुँदा यस रोगका बिरामी र प्रभावितलाई सामाजिक भेद्भाव गर्न नहुने जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताउनुभयो । उहाँले भन्नुभयो, “यस रोग लाग्दा छालामा रातो वा फुस्रो रङगको दाग, अनुहारको छाला वा कानको लोती बाक्लो अनि चम्किलो हुनुका साथै अनुहार र शरीरको अन्य भागमा गिर्खा देखिन्छ ।” उहाँले यदि मानिसको आँखीभौं झरेमा वा पातलो भएमा, हात खुट्टाका आँैला बाङ्गो भएमा वा लत्रिएमा, हत्केला वा पैतालामा नदुख्ने घाउ देखिएमा, हत्केलाको मांशपेसी सुकेर गएमा, नाक थेप्चो भएमा, लगातार हातगोडा झमझम गरेमा यो रोग लागेको अनुमान गरी उपचारका लागि चिकित्सक कहाँ जान सुझाव दिनुभयो । 

कुष्ठरोगको औषधि सरकारी अस्पतामा निःशुल्क उपलब्ध हुँदै आएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमणले कुष्ठरोगीको पहिचानमा पनि असर पारेको प्रमुख डा गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाको प्रभाव नियमित औषधि सेवन गर्दै आएका बिरामीका साथै नयाँ बिरामीको पहिचानमा समस्या भएको छ ।