२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते

यी ५ खेलाडी जो आईपीएल सुरु हुँदादेखि अहिलेसम्म सबै सिजन खेल्दै आएका छन्

यी ५ खेलाडी जो आईपीएल सुरु हुँदादेखि अहिलेसम्म सबै सिजन खेल्दै आएका छन्
अ अ+ अ-

एजेन्सी । आईपीएल सन् २००८ मा सुरु भएको थियो । त्यसयता यस प्रतियोगिताको १६ सिजन भइसकेका छन् । पहिलो सिजन खेलेका अधिकांश खेलाडीले सन्यास लिइसकेका छन् तर के तपाईलाई थाहा छ पहिलो सिजनदेखि नै खेलिरहेका धेरै खेलाडी छन् ।

महेन्द्र सिंह धोनी बाहेक विराट कोहली र रोहित शर्मा जस्ता ठूला नामहरू यो सूचीमा परेका छन् । यी खेलाडीहरूले सबै १६ सिजनमा कम्तीमा १ खेल खेलेका छन् । यससँगै अब यी क्रिकेटर १७ औं सिजनका लागि तयार छन् ।

महेन्द्र सिंह धोनी


आईपीएलको पहिलो सिजनमा महेन्द्र सिंह धोनी चेन्नई सुपर किंग्सका कप्तान थिए । सीएसके त्यो सिजन फाइनलमा पुगेको थियो तर शेन वार्नको नेतृत्वमा रहेको राजस्थान रोयल्ससँग पराजित भएको थियो । यसपछि धोनीले चेन्नई सुपर किंग्सबाट खेल्ने क्रम जारी राखे । यद्यपि, उनले राइजिङ पुणे सुपरजायन्ट्सबाट २ सिजन खेले । महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नई सुपर किंग्सले कीर्तिमानी ५ पटक आईपीएलको उपाधि जितेको छ ।

विराट कोहली


आईपीएलको पहिलो सिजनदेखि खेल्दै आएका खेलाडीको सूचीमा विराट कोहली पनि परेका छन् । विराट कोहली आईपीएल २००८ देखि रोयल च्यालेन्जर्स बैंगलोरको हिस्सा रहेका छन् । आईपीएलमा विराट कोहलीले अहिलेसम्म २३७ खेल खेलिसकेका छन् । जसमा १३०.०२ को स्ट्राइक रेट र ३७.२५ को औसतमा ७२६३ रन बनाएका छन् ।

दिनेश कार्तिक


दिनेश कार्तिक आईपीएल २००८ मा किंग्स इलेभेन पञ्जाबको हिस्सा थिए । त्यसयता उनले लगातार १६ सिजन विभिन्न टोलीबाट खेलेका छन् । हालसम्म पञ्जाब बाहेक दिनेश कार्तिकले दिल्ली, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलिसकेका छन् । दिनेश कार्तिकको नाममा २४२ आईपीएल खेलमा ४५१६ रन छन् ।

शिखर धवन


शिखर धवन आईपीएल २००८ मा मुम्बई इन्डियन्स को एक हिस्सा थिए । यसपछि उनी दिल्ली क्यापिटल्सको हिस्सा बने । शिखर धवनले मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र हैदरावादबाट खेलिसकेका छन् । हाल उनी पञ्जाव किंग्सका कप्तान छन् । आईपीएलका २१७ खेलमा शिखर धवनले १२७.१६ को स्ट्राइक रेट र ३५.१९ को औसतमा ६६१६ रन बनाएका छन् ।

रोहित शर्मा


रोहित शर्माले सन् २००८ मा आईपीएलमा डेब्यू गरेका थिए । त्यो सिजन उनी डेक्कन चार्जर्स हैदरावादको हिस्सा थिए । यसपछि रोहित शर्मा २०११ मा मुम्बई इन्डियन्सको हिस्सा बने । अहिलेसम्म रोहित शर्माको कप्तानीमा मुम्बई इन्डियन्सले कीर्तिमानी ५ पटक आईपीएलको उपाधि जितेको छ । योसँगै रोहित शर्माले आईपीएलका २४३ खेलमा १३०.०५ को स्ट्राइक रेट र २९.५८ को औसतमा ६२११ रन बनाएका छन् ।