२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई



अ+ अ-

काठमाडौँ । बङ्गलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ ।

सातदोबाटोस्थित एन्फा कप्लेक्समा आज भएको फाइनल खेलमा बङ्गलादेशले पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट १–१ गोल बराबरीमा खेलेपछि खेल पेनाल्टी सुटआउट गएको हो ।

पेनाल्टीमा बङ्गलादेशका लागि मारियम बिन्ता हन्ना, थुनी मर्मा र साथी मुन्डाले गोल गरे । त्यसैगरी, सौभरभी अखण्ड प्रीति र अल्पी अख्तर भने गोल गर्नबाट चुके ।

भारतका लागि स्वेता रानी र अन्विता रघुरमानले गोल गर्दा एलिनादेवी सारङ्गथेम, बोनिफिलिया शुल्लई र दिव्यारानी लिन्डाले गोल गर्न सकेनन् ।

त्यसअघि, खेलको चौथो मिनेटमै अनुष्का कुमारीको गोलमार्फत भारतले अग्रता लिएको थियो । खेलको ७१औँ मिनेटमा बङ्गलादेशकी मरियम बिन्ता हन्नाले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याएकी थिइन् । सङ्घर्षपूर्ण खेलमा गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी सुटआउटमा गएको थियो । प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश र भूटानको सहभागिता थियो ।